
लण्डन । फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ ।
अस्ट्रेलियामा आइतबार भएको फाइनल खेलमा स्पेनले इङ्गल्यान्डलाई १–० गोलले हरायो ।
स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो ।
स्पेनको जितमा कप्तान ओल्गा कारमोनाले गोल गरेकी थिइन् । उनले २९औँ मिनेटमा गरेको एक मात्र गोल स्पेनलाई उपाधि जिताउन पर्याप्त बन्यो । दोस्रो हाफमा स्पेनले पेनाल्टी पाए पनि इङ्गल्यान्डकी गोलकिपर मारी अर्प्सले सजिलै बचाएकी थिइन् ।
उपाधिसँगै स्पेनले ४,२९०,००० अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता इङ्गल्यान्डले ३,०१५,००० अमेरिकी डलर प्राप्त गरेको छ ।
विश्व फुटबल महासङ्घ (फिफा)ले पहिलो पटक महिला विश्वकपको पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरेको हो ।
कूल ११० मिलियन अमेरिकी डलर पुरस्कार राशीमा तेस्रो भएको स्विडेनले २,६१०,००० डलर र चौथो भएको आयोजक अष्ट्रेलियाले २,४५५,००० अमेरिकी डलर पुरस्कार पाएको छ ।
यस्तै, फिफाले क्वार्टरफाइनलमा पुग्ने टोलीलाई २,१८०,००० डलर र राउन्ड अफ १६ मा पुग्ने टोलीलाई १,८७०,००० डलर प्रदान गरेको छ । समूह चरणका प्रत्येक टोलीलाई १, ५६०,००० डलर प्रदान गरिएको छ ।
फिफाले यसअघि नै विश्वकप खेल्ने हरेक खेलाडीलाई कम्तीमा ३० हजार अमेरिकी डलर र विजेता टोलीका खेलाडीलाई दुई लाख ७० हजार अमेरिकी डलर पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन