
लण्डन । कोभिड र ब्रेक्जिटपछि तङ्ग्रिन नसकेको बेलायतको अर्थतन्त्रमा दोस्रो त्रैमासिकमा भने केही सुधार देखिएको छ ।
बेलायतको अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अप्रिलदेखि जुनमहिनासम्मको अवधिमा बेलायतको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) दर सो भन्दा अघिल्लो तीन महिनाभन्दा ०.२ प्रतिशतले वृद्धि भएको थियो भने गत वर्षको सोही अवधिको जीडीपी भन्दा ०.४ प्रतिशतले बढेको पाइएको छ ।
बैँक अफ इङ्गल्याण्ड र बेलायतका स्वतन्त्र अर्थशास्त्रीहरूले गरेको आँकलनभन्दा सो दर केही बढी छ । तथापि कोभिडपूर्वको अवस्थाको दाँजोमा बेलायतको अर्थतन्त्र अझै पनि ०.२ प्रतिशतले कम्ती छ ।
पान्थोन माइक्रोइकोनोमिक्सका प्रमुख अर्थशास्त्री सामुयल टोम्बस जुन महिनाको वृद्धिलाई दीगो सुधारका रूपमा लिन सकिने बताउँछन् । मुद्रास्फिति घट्दै गएको र घरायसी आम्दानी बढ्दै गएकाले सो वृद्धि आगामी दिनमा कायमै रहनसक्ने उनको विश्लेषण छ ।
ओएनएसले अर्थतन्त्रमा सुधार हुनाका कारण यातायात, मनोरन्जन, उर्जा, होटल रेस्टुरेन्टहरूमा गरिने खर्चमा भएको वृद्धिलाई लिएको छ ।
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु
जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई