
क्विटो । राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएपछि इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले बिहीबार देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गर्नुभएको छ ।
“राष्ट्रको सशस्त्र बललाई नागरिकको सुरक्षा, देशको शान्ति र अगस्ट २० को स्वतन्त्र र लोकतान्त्रिक निर्वाचनको ग्यारेन्टी गर्न देशभर परिचालन गरिएको छ,”राष्ट्रसित लासोले युट्युबमा प्रसारण गरेको सम्बोधनमा भन्नुभएको छ ।
दशदिनपछि हुन लागेको राष्ट्रपतीय निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको आज क्विटोमा भएको चुनावी र्यालीमा गोली हानी हत्या गरिएको हो । उनको चुनावी प्रचार टोलीका एक सदस्यले स्थानीय सञ्चारमाध्यमलाई बताएअुनसार ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई कारमा चढिरहेका उनको टाउकोमा तीन गोली प्रहार गरेको थियो ।
राष्ट्रियसभाका सदस्य भिल्लाभिसेन्सियो इक्वेडरमा सङ्गठित अपराध र सरकारी अधिकारीहरू बीचको सम्बन्धबारे बोल्ने थोरै उम्मेदवारहरूमध्ये एक हुन् ।
ल्याटिन अमेरिकामा अपेक्षाकृत सुरक्षित र स्थिर देशका रुपमा चिनिएको इक्वेडरमा हालैका दिनमा हिंसा र अपराधमा भर्खरको वृद्धि भएको छ । आपराधिक गतिविधि वृद्धिको मुख्य कारण लागूऔषध तस्करी बनेको छ ।
भिल्लाभिसेन्सियोलाई गोली प्रहार भएपछि सुरक्षाकर्मीले जवाफी कारबाही गरेको थियो । त्यसक्रममा दुई प्रहरी अधिकारीसहित अन्य नौ जना घाइते भएका छन् । क्विटोमा छापा मारेर हत्यामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचार नियन्त्रण र वातावरणीय विनाश कम गर्नुपर्ने मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोलाई लागूऔषध तस्करी गर्ने एक गिरोहले हालै ज्यानमार्ने धम्की दिएको थियो ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी