
काठमाडौँ । नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियरुपमा विस्तार भइरहेको छ । नेपालसँगै विदेशमा पनि एकसाथ चलचित्र प्रदर्शन हुने भएपछि दर्शक बढिरहेका छन् । डिजिटल प्रविधिका कारण विश्वभर एकसाथ प्रदर्शन सम्भव भएको छ । प्रदर्शन मात्र नभई विदेशमा प्रचारप्रसार पनि सुरू गरिएको छ । आउँदो भदौ ८ गते प्रदर्शन हुने चलचित्र ‘जय हो’को ट्रेलर अष्ट्रेलियाको सिड्नीस्थित रकडेलमा सार्वजनिक गरिएको छ ।
चलचित्रका अभिनेता सलोन बस्नेत, निर्माताद्वय सुरज ल्वागन (सरकार) र राज के अधिकारी तथा स्थानीय प्रदर्शक देव कार्कीको सहभागितामा भएको कार्यक्रममा चलचित्रको बारेमा जानकारी गराईयो । अभिनेता बस्नेतले आफ्नो लागि यो पहिलो अनुभव रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बजार विस्तारलाई यस्ता प्रवर्द्धनात्मक गतिविधिले सघाउने आश लिएका छौँ । यहाँ प्रदर्शन हुने भएपछि प्रचारात्मक कार्यक्रम गरेका हौँ ।”
टेक पौरखी राईले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता बस्नेतसँगै केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । निर्देशक शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेले नृत्य निर्देशन, बनिश शाहले सम्पादन, समीर मियाँले भीएफएक्स र सन्देश शाहले ट्रेलर सम्पादन गर्नुभएको छ ।
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान