
वाशिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ ।
नेपालको पर्यटन प्रवर्धनका लागि युएसएआइडी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा तयार पारिएको नेपालको पर्यटन प्रवर्धनसम्बन्धी श्रव्यदृश्य सामग्रीको मङ्गलबार वाशिङ्गटन डिसीमा शुभारम्भ गर्दै राजदूत खत्रीले नेपालको प्राकृतिक सम्पदाको प्रचुरता र नेपाली संस्कृतिको विविधताले विश्व समुदायमा सदैव प्रशंसनीय भूमिका निर्वाह गरेको बताउनुभयो । नेपालको प्रजातान्त्रिक प्रक्रिया र आर्थिक सुदृढीकरणले बाह्य लगानीका लागि ढोका खुला गरेको उल्लेख गर्दै ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधि क्षेत्रमा लगानी गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा युएसएआइडीकी उपसहायक निर्देशक अञ्जली कौरले युएसएआइडीले नेपालको विकासका लागि प्राथमिकतामा राखेका क्षेत्र कृषि, पर्यटन र सूचना प्रविधि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “युएसएआइडीले नेपालको पर्यटन बोर्डसँग मिलेर पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न पाएकामा हामी खुसी छौँ । आगामी दिनमा युएसएआइडीले नेपालको विकासका लागि सहयोग जारी राख्ने कौरले बताउनुभयो ।
अमेरिकी टिभी च्यानल पिविएसले नेपालको पर्यटन प्रवर्धनसम्बन्धी श्रव्यदृश्य सामग्री पाँच शृङ्खला तयार पारेर विभिन्न ठाउँमा प्रसारण गर्ने छ । पिविएस च्यानलका कार्यक्रम प्रस्तोता तथा कार्यकारी निर्माता डेनिस व्होले तयार पार्नुभएको उक्त सामग्री अन्यत्र पनि प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत पिटर वोडे, एनआरएनका अध्यक्ष डा अर्जुन वञ्जाडे, दूतावासका अधिकारीलगायतको सहभागिता थियो ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप