
लण्डन । बेलायतमा भारतीय र नेपाली कलाकारहरुले एउटै मञ्चमा कन्सर्ट गर्ने भएका छन् ।
भारतीय कलाकार लक्की अलीदेखि विपुल क्षेत्री, द ट्राभलिङ ब्याण्ड, जोन चाम्लिङ राई, भिटेन, ब्रिजेश श्रेष्ठ, भक्त ब्याण्ड र प्राज्नाले सेप्टेम्बर २ मा रसमुर एरेना, अल्डरसटमा आयोजित लाउड आउट म्यूजिक फेष्टिभलमा प्रस्तुति दिने भएका हुन् ।
देब्रे इभेन्ट्सले आयोजना गरेको सो कन्सर्ट आउटडोर हुनेछ । कन्सर्टका साथमा खाना र पेयपदार्थको स्टलहरुसमेत राखिने छन् ।
दिउँसो १ बजेदेखि राति १०ः३० सम्म हुने सो कन्सर्टका लागि अग्रिम टिकट खरिद गर्दा २८ पाउण्ड र कन्सर्ट स्थलमा खरिद गर्दा ४५ पाउण्ड पर्ने छ ।
कार्यक्रम प्रस्तोमा लेक्स लिम्बू र सिर्जना गुरुङ रहेका छन् ।
कन्सर्टमा नेपाली र हिन्दी गीतसंगीत प्रस्तुत हुने छन् । बेलायतमा रहेका दक्षिण एसियाली दर्शकहरुलाई लक्षित गरी सो कन्सर्टको आयोजना गरिएको हो ।
देब्रे इभेन्टसले यसअघि १९७४ एडी र सुशान्त केसीको कन्सर्ट आयोजना गरिसकेको छ ।
https://www.tickettailor.com/events/debbreevents/946807
Debbre Events website: https://debbreevents.co.uk/
Debbre Events Instagram: https://www.instagram.com/debbreeventsltd/
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण