
लण्डन । बेलायतमा भारतीय र नेपाली कलाकारहरुले एउटै मञ्चमा कन्सर्ट गर्ने भएका छन् ।
भारतीय कलाकार लक्की अलीदेखि विपुल क्षेत्री, द ट्राभलिङ ब्याण्ड, जोन चाम्लिङ राई, भिटेन, ब्रिजेश श्रेष्ठ, भक्त ब्याण्ड र प्राज्नाले सेप्टेम्बर २ मा रसमुर एरेना, अल्डरसटमा आयोजित लाउड आउट म्यूजिक फेष्टिभलमा प्रस्तुति दिने भएका हुन् ।
देब्रे इभेन्ट्सले आयोजना गरेको सो कन्सर्ट आउटडोर हुनेछ । कन्सर्टका साथमा खाना र पेयपदार्थको स्टलहरुसमेत राखिने छन् ।
दिउँसो १ बजेदेखि राति १०ः३० सम्म हुने सो कन्सर्टका लागि अग्रिम टिकट खरिद गर्दा २८ पाउण्ड र कन्सर्ट स्थलमा खरिद गर्दा ४५ पाउण्ड पर्ने छ ।
कार्यक्रम प्रस्तोमा लेक्स लिम्बू र सिर्जना गुरुङ रहेका छन् ।
कन्सर्टमा नेपाली र हिन्दी गीतसंगीत प्रस्तुत हुने छन् । बेलायतमा रहेका दक्षिण एसियाली दर्शकहरुलाई लक्षित गरी सो कन्सर्टको आयोजना गरिएको हो ।
देब्रे इभेन्टसले यसअघि १९७४ एडी र सुशान्त केसीको कन्सर्ट आयोजना गरिसकेको छ ।
https://www.tickettailor.com/events/debbreevents/946807
Debbre Events website: https://debbreevents.co.uk/
Debbre Events Instagram: https://www.instagram.com/debbreeventsltd/
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर