
बोस्टन । अमेजन वेब सर्भिसेस (एडब्लुएस) तथा बेलायतमा मुख्यालय भएको कम्पनी जेनेस सलुशनले अमेरिका तथा नेपालका सूचना प्रविधि विज्ञ तथा व्यवसायीहरुको उपस्थितिमा बोस्टनमा एक अन्तर्क्रिया आयोजना गरेको छ।
‘नेपालको प्रविधि क्षेत्रमा कसरी क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ’ भन्ने विषयमा गत मंगलबार आयोजित छलफलमा नेपालको प्रविधि क्षेत्रको उत्थान साथै प्रविधि क्षेत्रमा नेपाली महिला तथा किशोरीहरुलाई सशक्तिकरण गर्न गरिरहेका कामहरुको बारेमा पनि जानकारी गराइएको थियो।
१३ जुलाईमा न्यूयोर्कमा आयोजित कार्यक्रमको दोश्रो शृंखलाको रुपमा बोस्टनमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका मुख्य वक्ता जेनेस सलुशनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयाँलले आफ्नो कम्पनीले नेपालमा क्लाउड कम्प्युटिंगको बारेमा जनचेतना जगाउन तथा त्यसको महत्त्व बुझाउन काम गरिरहेको बताए। “नेपालका धेरै युवाहरुले राम्रो भविष्यको खोजीमा देश छोडिरहेका बेला हामीले जेनेसद्वारा त्यस्ता कैयौं प्रतिभाहरुलाई स्वदेशमै रोक्न सफल भएका छौं। जेनेस एकेडेमी मार्फत हामीले ‘अमेजन एडुकेट’ जस्ता सित्तैमा सिक्न सकिने प्ल्याटफर्महरुमार्फत युवा प्रतिभालाई नेपालमै एउटा सुरक्षित भविष्य सुनिश्चित गर्न प्रोत्साहित गरेर सूचनाप्रविधि क्षेत्र र प्राज्ञिक क्षेत्रबीच रहेको खाडल पुर्न कोशिस गरिरहेका छौं,” उनले भने।
सन् २०१९ देखि ‘एडब्लुएस एमव्यासडर’ तथा एडब्लुएस उपभोक्ता समूह नेपालको अगुवाको रुपमा आफूले डिसेम्बर २०२२ मा नेपालमै पहिलोपटक ‘एडब्लुएस कम्युनिटी डे’ आयोजना गरेको उनले स्मरण गरे। यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसँग जोडिने मौका पाएको उनले बताए।
बोस्टनमा मुख्यालय रहेको बजार सम्बन्धी जानकारी उपलब्ध गराउने कम्पनी (ग्रोबाइडेटा)का व्यवस्थापन साझेदार प्रसन्न ढुंगेलले नेपालमै बसेर युवा नेपाली आइटी पेशेवरहरुले गरिरहेको काम विश्वस्तरको रहेको बताए। “यो त शुरुवात मात्रै हो। नेपाल सरकारको सहयोग हुने हो भने नेपालको सूचनाप्रविधि क्षेत्रले छिट्टै फड्को मार्न सक्छ,” उनले भने। उनले जेनेस सलुशन तथा एडब्लुएससँग मिलेर काम गर्दा शुरुदेखि अन्तिम सेवा प्रदान गर्ने परियोजनाहरुलाई तीव्रता दिन निकै सजिलो भएको अनुभव सुनाए।
एडब्लुएसको ग्लोबल स्ट्राटेजिक पार्टनर इनिसियटिभ्सकी प्रमुख तारा पाल्मिरीले जेनेस सलुशनसँग मिलेर नेपालमा गरेका कामहरुले सकारात्मक परिवर्तन ल्याएको थाहा पाउँदा आफूहरु निकै खुसी भएको बताइन्। त्यस्तै एडब्लुएसको सामुदायिक प्रभाव कार्यक्रमकी प्रमुख क्लेरा सेडानाले सूचना प्रविधिको क्षेत्रमा नेपाली महिला तथा किशोरीहरुलाई सशक्त बनाउने काम जारी रहेको बताइन्। उनले एडब्लुएसले हाम्रो सिकाइ कार्यक्रम, स्थानीय सामुदायिक साझेदारहरु र एडब्लुएस साझेदार सन्जालको सामूहिक शक्ति उपयोग गर्दै समुदायको उत्थानका लागि कामहरु गरिरहेको जनाइन्।
महिला तथा किशोरीहरुको सीप विकास
उक्त अवसरमा ‘गर्ल्स इन टेक नेपाल,’ ‘हर जर्नी’ तथा ‘ शी क्यान’ जस्ता कार्यक्रमहरुको बारेमा पनि जानकारी दिइएको थियो। यस्ता कार्यक्रमहरुले प्रशिक्षण तथा ‘मेन्टरिङ्ग’ को माध्यमबाट सूचना प्रविधिको क्षेत्रमा कार्यरत नेपाली महिला तथा किशोरीहरुको सीप तथा करियर विकास गर्न सघाउ पुराइ रहेका छन्।
जेनेस सलुशनकी सर्भिस डेलिभरी म्यानेजर सुजित बस्नेतले नेपालमा क्षमताको अभाव नरहेको तर अवसरको अभाव रहेको बताइन्। उनले जेनेस सलुशनजस्ता कम्पनीले युवा, महिला तथा किशोरीहरुलाई सीप तथा अवसर दिएर उनीहरुको नेतृत्व क्षमता विकासमा सघाइ रहेको बताइन्।
एडब्लुएससँग मिलेर जेनेस सलुशनले विश्वका विभिन्न शहरहरुमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ।

 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप