
ब्रसेल्स । गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सीता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
हिजो लुभेनमा सम्पन्न सो अधिवेसनमा अध्यक्षबाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको थियो भने यो पटकको सुन्दर पक्ष भनेको सम्पूर्ण महत्वपूर्ण पदहरूसहित १६ जना महिला कार्यसमितिमा निर्बाचित भएका छन् । समितिमा न्युज २४ नेपालका पत्रकार इन्दिरा चाम्लिङ राई उपाध्यक्षमा र रूविना शर्मा महासचिवमा निर्बाचित भएकी छिन् ।
बेल्जियमका ६ क्षेत्रहरुमा भएको मतदान केन्द्रमा एकैपटक भएको मतदानमा सापकोटाले १ हजार ११२ मत ल्याएर अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्धन्द्धी तीर्थराज धमलाले ९४८ मत प्राप्त गरेका थिए ।
प्रमुख निर्वाचन आयुक्त गंगाधर गौतम, सहआयुक्त प्रेम गुरुङ र सदस्य सचिव विनोद न्यौपाने रहेको निर्वाचन समितिका अनुसार परिषद्को नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिबासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई, महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ, ईश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन् ।
महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ, ब्रुज संयोजक देवीकुमारी शर्मा, निर्विरोध निर्वाचित हुनु भएको छ । सदस्यहरुमा अशोका केसी, सीता दाहाल, सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दिपिका केसी, बिनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित हुनु भएकोमा छ ।
त्यसैगरी आईसीसी सदस्यत्रयमा भीम सुवेदी, मदन दवाडी र हरि भट्टराई निर्बिरोध चयन हुनुभएको छ ।
नबनिर्बाचित समितिलाई बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष खडकबहादुर केसी र निर्बाचन समिति सयोजक गंगाधर गौतमले प्रमाणपत्र बितरण गर्नु भएको थियो भने ब्यावसायी संघ बेल्जियम अध्यक्ष चिरनकुमार खवासले कार्यक्रम संचालन गर्नु भएको थियो ।
 पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ ‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप