
वासिङ्टन डिसी । अमेरिकामा नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती मनाइएको छ ।
अन्तर्राष्ट्रिय साहित्य समाज, अनेसास मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको भानुजयन्तीमा सहभागी वक्ताहरूले नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तले पुर्याउनुभएको योगदान र उहाँको सिर्जनाको बहुआयामिक पाटोको बारेमा चर्चा गर्नुभएको थियो ।
उक्त अवसरमा मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक डा ह्यारी भण्डारीले भानुभक्तले दुई सय वर्षअगाडि नै नेपाली भाषा र साहित्यको उत्थानका लागि खेल्नुभएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषा र साहित्यको जग बसाउन भानुभक्तले अतुलनीय योगदान गर्नुभएको बताउनुभयो ।
कार्यक्रममा मोर्गन स्टेट युनिभर्सिटीका प्राध्यापक डा उत्तम गौलीले भानुभक्तको रचनामा स्वतन्त्रताको लडाइँसमेत उल्लेख भएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई आर्थिक स्वतन्त्रताका लागि विदेशी भूमिमा पुर्याए पनि भानुभक्तको योगदान र उहाँले गर्नुभएको भाषागत स्वतन्त्रताको योगदानलाई दुई सय वर्षपछि पनि हामीले सम्झिरहेका छौँ ।”
कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणाले भानुजयन्ती मनाउन विदेशस्थित नियोगले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।
यसैबीच, अन्तर्राष्ट्रिय साहित्य समाज अनेसासले प्रदान गर्ने अनेसास सर्वोत्कृष्ट पुरस्कार भारतमा बसेर साहित्य सिर्जना गर्नुहुने रण काफ्लेको उपन्यास ‘रैथाने’लाई प्रदान गरिने भएको छ । दुई हजार डलर राशीको पुरस्कार उक्त कृतिलाई प्रदान गरिने भएको अनेसास पुस्कार छनोट समितिका संयोजक तीर्थ पाण्डेयले जानकारी दिनुभएको छ ।
यस्तै डायस्पोरा पुरस्कार महेश्वर पन्तद्वारा लिखित ‘बौलाहाको डायरी’लाई, निबन्ध पुरस्कार श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’,कल्पना खरेलको उपन्यास ‘रानी तलाउ’र गणेशकुमार जिसीको ‘अरनिको एसिया एक प्रस्तावना’लाई प्रदान गरिएको छ । यी पुरस्कार होमनाथ सुवेदी, डा श्याम कार्की, इन्दिरा कार्की, पदम विश्वकर्मा, डिल्लीराम तिम्सिना र सीता शर्माले स्थापना गर्नुभएको हो ।
यसैगरी सर्वोत्कृष्ट काव्य पुरस्कार सिन्धु पौडेलको ‘मृत सागरको उचाइ’,डा गोविन्द आचार्यको ‘दङ्गी उर्वशी’,निर्मोही व्यासको ‘आवारा बादल’,कथाकार महेश पौडेलको ‘अपिरिचित अनुहार’कथा सङ्ग्रहलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही एक हजार डलर रहेको छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी