
टेक्सस । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।
शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् ।
फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक/एक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ले सम्मान गर्ने चलन छ ।
युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ ।
दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तुपाको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ ।
पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा मुरली अधिकारी तथा हालका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा प्रेम अधिकारीले प्रकाश पार्नुभएको थियो ।
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप