
टेक्सस । टेक्ससको युलेस सिटीमा निर्माण भएको पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तूपको बाँकी चरणका काम पूरा गर्न दाताहरूले छ लाख डलरको प्रतिबद्धता गरेका छन् ।
शनिबार साँझ आयोजना गरिएको कार्यक्रममा ड्यालस फोर्टवर्थमा बस्ने र स्टेट बाहिरका नेपालीमूलका ५१ परिवारले उक्त रकमको प्रतिबद्धता गरेका हुन् ।
फोर्टवर्थका शैलेन्द्र मानन्धर र विकल ढकालको परिवारले एक/एक लाख डलर दिने प्रतिबद्धता गरेका छन् । एक लाख डलर सहयोग गर्नेलाई मन्दिरले ‘वाल अफ अनर’ले सम्मान गर्ने चलन छ ।
युलेसको जग्गामा अहिले पशुपतिनाथ मन्दिर तथा बौद्ध स्तुपा निर्माणको पहिलो चरणको काम सम्पन्न भएको छ । पहिलो चरणअन्तरगत सामुदायिक भवन र मन्दिरको अस्थायी संरचना निर्माण भएको छ ।
दोस्रो चरणमा पशुपतिनाथकै आकारप्रकारको मन्दिर र बौद्ध स्तुपाको निर्माण हुनेछ । यो योजना निर्माणको चरणमा प्रवेश भएको छ ।
पशुपतिनाथ मन्दिर र बौद्ध स्तूपका लागि ४० लाख डलर बजेट लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा मन्दिरको विगत, वर्तमान र भविष्यका योजनाका बारेमा संस्थापक डा मुरली अधिकारी तथा हालका बोर्ड अफ ट्रष्टी उपाध्यक्ष डा प्रेम अधिकारीले प्रकाश पार्नुभएको थियो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा