
लण्डन । पतञ्जति योगपीठका आचार्य बालकृष्णको उपस्थितिमा बेलायतमा हाम्रो स्वाभिमान ट्रष्टको घोषणा गरिएको छ ।
पतञ्जलि योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले घोषणा गरेको कार्यसमितिको अध्यक्षमा रोहित गुरुङ्ग, उपाध्यक्ष इन्दिरा (सपना) खनियाँ, महासचिव अर्जुन कटुवाल, सचिव अजिता सिम्खडा र कोषाध्यक्ष महेश गिरी रहेका छन् । त्यस्तै सदस्यहरुमा निरुषा भट्टराई पाण्डे, पण्डित निलहरि घिमिरे, खेम बसेल, मेजर (सेवानिवृत्त) पदमबहादुर लिम्बु, मेग गुरुङ्ग र कृष्ण खरेल रहेका छन् ।
कार्यक्रममा सहभागीहरुले पतंजली योगपीठकी साध्वी देवदिती, साध्वी देववाणी र लन्डनस्थित प्रशिक्षकहरुको साथमा योग तथा प्राणायामको अभ्यास गरेका थिए ।
निरुषा भट्टराई पाण्डेले संचालन गरेको कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष सुनिल बाबु खड्काले शुभकामना दिएका थिए भने अर्जुन कटुवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नवगठित कार्यसमितिका अध्यक्ष रोहित गुरुङले सबैलाई धन्यवाद दिए । कार्यक्रममा सेन्ट जेम्स स्कुलकी छात्रा समृद्धि पोखरेलले संस्कृतका श्लोकहरु वाचन गरेकी थिइन् भने कृतिका आचार्यले नृत्य प्रस्तुत गरेकी थिइन् ।
फोटो मिलन तमु गुरुङ
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण