
काठमाडौँ । नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हुनुहुन्छ ।
तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बन्नुभएको छ । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएका उहाँले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाउनुभयो ।
“यी छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रुपमा बुझ्न सक्नुहुनेछ । किनकि म फरक फरक काममा आफूलाई प्रस्तुत गर्न चाहन्छु”,गायक प्रधानले भन्नुभयो, “मैले कागजमा धेरै कथा कोरिसकेको छु, त्यसलाई मूर्तरुप भने दिन सकेको छैन । निकट भविष्यमा मेरो निर्देशकीय क्षमतालाई ठूलो पर्दामा समेत प्रस्तुत गर्न चाहन्छु ।”
छोटो चलचित्रका लागि तयार गरिएको कथालाई उहाँले साङ्गीतिक भिडियोको स्वरूपसमेत दिनुभएको छ । “यो पनि मेरो एक प्रकारको भिन्नता दिने प्रयास नै हो । कथा एक हो तर यसलाई दुई प्रकारले प्रस्तुत गरेको छु”, गायक प्रधानले भन्नुभयो । आफूले धेरै चलचित्र हेर्ने भएकाले पनि निर्देशनमा रुचि बढेको उहाँले बताउनुभयो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी