
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले हिज इमिनेन्स खेन्चेन पेमा सेरब रिन्पोछेलाई स्वागत गरेको छ ।
गत आइतबार १४ मेका दिन अल्डरसटस्थित बीसीसी गुम्बामा गुरु रिन्पोछेलाई स्वागत गरिएको हो । त्यस्तै, सो अवसरमा उनी संगै आएका खेन्पो सिरी लामा गुरुङलाई समेत स्वागत गरिएको थियो । गत दुई हप्तादेखि बेलायत भ्रमणमा रहेका भारतको मैसुरस्थित बौद्ध निङ्गमापा परम्पराका महाबिहार नामड्रोलिङ्ग गुम्बाका खेन्चेन रिन्पोछेलाई बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङ, बीसीसी युके गुम्बाका टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्बा तेम्बालगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, आमाहरु, पूर्व अध्यक्षहरु, सल्लाहकारहरुलगायत भक्तजनहरुले खादा लगाई स्वागत गरेका थिए ।
सो अवसरमा खेन्चेन रिन्पोछेले सात अर्थसार मतिशोधन अभ्यासको आगम र शरणगमनको प्रवचन दिएका थिए । उनको आगम तथा प्रवचनलाई बीसीसी युकेका खेन्पो फुर्बा तेम्बा गुरुले नेपालीमा अनुवाद गरेका थिए ।
त्यस्तै, बीसीसी युकेको कार्यसमिति र आमा समितिले खेन्चेन रिन्पोछेलाई मण्डला अर्पण गरेका थिए । कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले परम पूज्यनीय खेन्चेन रिन्पोछेलगायत सबै सहभागी पाहुनाहरुलाई स्वागत मन्तब्य दिएका थिए । त्यस्तै, उपाध्यक्ष क्याप्टेन देब घलेले हिज इमिनेन्स रिन्पोछेको छोटो परिचय दिएका थिए ।
उक्त स्वागत कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व आमा प्रमुख, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङलगायतको बिशेष उपस्थिति रहेको थियो । बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
स्मरण रहोस् गतहप्ता बीसीसी युकेको निमन्त्रणामा बेलायत आएका काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका प्रमुख हिज होलिनेशले बीसीसी युकेले एम्पायर हलमा आयोजना २५६७ औं बुद्ध जयन्ती कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गरेका थिए । त्यस्तै, गत ७ मे का अल्डरसटस्थित बीसीसी गुम्बाको मेडिटेशन हलको उद्घाटन संगसंगै मेडिसिन बुद्धको इम्पावरमेन्टर र पोवाको लुङ्ग प्रदान गरेका थिए । साथै गत ८ मे का दिन गुम्बामा श्रद्धेय हिज होलिनेशले बज्रसत्व र पेमा निङ्गथिकको इम्पावरमेन्टसहित लुङ्ग दिएका थिए ।

बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न