
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) युकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम सम्पन्न गरेको छ ।
सो क्रममा मन्चले प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष संजय थापाको प्रमुख आतिथ्यतामा साउथ इस्ट लण्डन, नर्थ वेस्ट लण्डन ,साउथ वेस्ट, मिडल्याण्ड र स्कटल्याण्डमा विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा ओएनएफका नेता तथा कार्यकर्ताहरुको स्थानीय स्तरमा सहभागिता रहेको थियो ।
माउ पार्टी नेकपा एमालेले नेपालमा पार्टी र जनतालाई जोड्ने गरी देशभर चलाएको ‘मिसन ग्रासरुट’ कार्यक्रम बेलायतभर पनि संचालन गरिएको थियो । यसबाहेक ओएनएफका ३६ संगठन रहेका ३६ वटै प्रवासमा विशेष कार्यक्रमसहित अभियान चलाइएको छ ।
युकेमा झण्डै एक साता चलेको कार्यक्रमले नेता र कार्यकर्ताबीच अन्तर्क्रियासहित पार्टीका आगामी नीति, प्रवासी नेपालीका मागहरुलाई एक रुपता दिँदै नेतृत्व समक्ष पुर्याउने र समाधान गर्ने गरी एकीकृत ढंगले आफ्नो कार्यकालमा काम गर्न लागेको अध्यक्ष थापाले बताए ।
ओएनएफ युके अध्यक्ष तुंगभद्र भुसालसहित अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष थापाले लगानी, ज्ञान र सीप हस्तान्तरण तथा प्रवासीका अधिकारका सवालमा अल्पकालिन र दीर्घकालिन ढंगले कार्य गर्न योजना बनाएको जानकारी दिए । कमिटीमा बसेर पद ओगट्ने भन्दा पनि आ-आफ्नो कार्यकालमा ठोस योजनासहित कार्य गर्न ओएनएफ युके र क्षेत्रीय कमिटीलाई विशेष अनुरोध थापाले गरे ।
गत शनिवार र आइतबार दुई दिन प्लमस्टिड, अल्डरसट, कोभेन्ट्री, ह्यारो र स्कटल्याण्डमा भएका मिसन ग्रासरुट कार्यक्रममा बेलायतमा ओएनएफ युकेलाई थप बलियो र दरिलो संगठनका रुपमा नेपाली समाज सामु उभ्याएको छ । बेलायतका विभ्रिन्न स्थानमा कार्यक्रम गरिएपछि उत्साहित हुँदै अध्यक्ष थापाले भने, ‘कार्यक्रम होस् त बेलायतको जस्तो ।’
पार्टीले दिएको जिम्मेवारी र बेलायतमा रहेका ओएनएफका नेता-कार्यकर्ताहरुको सहभागीताले पार्टीलाई थप उचाईमा पुर्याउने अपेक्षा थापाले गरे । उनी माक्र्सको समाधिस्थल भ्रमण सकेर मंलबार स्पेन प्रस्थान गरेका छन । उनलाई ओएनएफ युके अध्यक्ष भुसाल तथा अन्तरराष्ट्रिय कमिटिका नेताहरु रामशरण सिंमखडा, र सरस्वती केसीले विमानस्थलमा विदाई गरेका थिए । अध्यक्ष थापा श्रीमति थापासहित बेलायत आएका थिए ।
बेलायतको मूल्यवृद्धि दर स्थिर : तथ्यांक
यात्रा संस्मरण : पाँच दिनमा युरोपका पाँच देश पुग्दा
बेलायतमा प्यालेस्टाइन समर्थकहरू अदालतमा, आरोप अस्वीकार
विदेशबाट नेपालीले पठाए नेपालमा १ खर्ब ७७ अर्ब रेमिट्यान्स
किरात राई यायोक्खा दक्षिण कोरियाको अध्यक्षमा सन्तोष राई निर्वाचित
गोरखा राज्यमा धार्मिक सम्पदाहरुको संरक्षण (सन् १७९०—१८१६)
नेपालमा जेनजी आन्दोलन : नेपाली दूतावास लन्डन परिसरमा श्रद्धाञ्जलीसभा
नेपालमा सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क
बेलायतले भन्यो – ‘नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदम’
नेपालमा प्रतिनिधिसभा विघटन, निर्वाचन फागुन २१ गते बिहीबार [राष्ट्रपतिको विज्ञप्तिसहित]