
लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ ।
निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको हो ।
सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।
ॠण गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ ।
२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।
परिवारले उनको अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर-आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।
उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ ।
अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर-आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।
सहयोग गर्न चाहनेलाई:
Bank HSBC
Account Name:
Non-Resident Nepalese Association UK
Sort code:- 40-46-22
Account Number- 51707000
Reference: SADIKSHYA 21
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी