
काठमाडौँ । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’को बाह्रौँ संस्करणमा सद्भावना दूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ। ‘कबड्डी ४ : द फाइनल म्याच’मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित हुनुभएकी अभिनेत्री मगर अभिनित ‘जारी’प्रदर्शनरत छ । उक्त चलचित्रलाई समीक्षक र दर्शक दुवैले मन पराएका छन् ।
चलचित्र महोत्सव तीन स्थानमा आयोजना हुने द डेलिगेसन अफ द युरोपियन युनियनका सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो । “यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा चलचित्र देखाइने छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवका रूपमा मनाउँदै आइएकाले यस वर्षको नारा ‘सेलिब्रेटिङ ह्युमन राइट्स फर अल’छनोट गरेका छौँ”,उहाँले भन्नुभयो । सूचना अधिकारी मैनालीका अनुसार वैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, २० देखि २२ गतेसम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र २९ देखि जेठ १ गतेसम्म काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा महोत्सव आयोजना हुँदैछ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन