
काठमाडौँ । नेपालस्थित द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’को बाह्रौँ संस्करणमा सद्भावना दूतका रूपमा अभिनेत्री मिरूना मगर नियुक्त हुनुभएको छ। ‘कबड्डी ४ : द फाइनल म्याच’मा अभिनय गरेदेखि दर्शकमाझ स्थापित हुनुभएकी अभिनेत्री मगर अभिनित ‘जारी’प्रदर्शनरत छ । उक्त चलचित्रलाई समीक्षक र दर्शक दुवैले मन पराएका छन् ।
चलचित्र महोत्सव तीन स्थानमा आयोजना हुने द डेलिगेसन अफ द युरोपियन युनियनका सूचना अधिकारी अम्बर मैनालीले जानकारी दिनुभयो । “यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा चलचित्र देखाइने छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सवका रूपमा मनाउँदै आइएकाले यस वर्षको नारा ‘सेलिब्रेटिङ ह्युमन राइट्स फर अल’छनोट गरेका छौँ”,उहाँले भन्नुभयो । सूचना अधिकारी मैनालीका अनुसार वैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, २० देखि २२ गतेसम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र २९ देखि जेठ १ गतेसम्म काठमाडौँस्थित चलचित्र विकास बोर्डको हलमा महोत्सव आयोजना हुँदैछ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’