
लण्डन । तत्कालीन प्रदेश नम्बर १ को नाम ‘कोशी’ राखिएकोमा असहमति जाहेर गर्दै सो प्रदेशको पुन: नामकरण हुनुपर्ने माग गर्दै बेलायतमा ज्ञापत्र पत्र बुझाइएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ बेलायतको संयोजनमा विभिन्न जातीय, सामाजिक र राजनीतिक संस्थाहरू मिलेर सोमबार नेपाली दुताबास, लण्डनमार्फत नेपाल सरकारलाई सो ज्ञापत्र पत्र बुझाइएको हो ।
ज्ञापन पत्रमा प्रदेश नम्बर १ को नाम राख्न प्रदेशबासीले गरिररहेको मागलाई वेवास्ता गर्दै प्रदेश सरकारले षड्यन्त्रपूर्वक ढंगले ‘कोशी’ राखेको आरोप लगाइएको छ । कोशी नाम अस्वीकार्य भएको र सोलाई खारेज गर्न ज्ञापन पत्रमा माग गरिएको छ । मुलुकलाई द्वन्द्वबाट बचाउन सो प्रदेश नामकरणलाई खारेज गरी नयाँ नाम राख्न पनि ज्ञापन पत्रमा माग गरिएको छ ।
साना साना विषयबाट नै विभिन्न मुलुकहरूमा द्वन्द्व शुरुवात भएको प्रसंग निकाल्दै ज्ञापन पत्रमा प्रदेश नम्बर १ मा नामकरणको विषयलाई लिएर निम्तिन सक्ने अशान्तितर्फ गम्भीरतापूर्वक सोच्न पनि आग्रह गरिएको छ ।
ज्ञापन पत्र महासंघका अध्यक्ष कर्मापहाडी शेर्पाले राजदुत ज्ञानचन्द्र आचार्यलाई बुझाएका थिए भने महासचिव विमला सेनेले ज्ञापनपत्र वाचन गरेकी थिइन् ।
ज्ञापन पत्रमा नेपाल आदिवासी महिला महासंघ बेलायत, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायत, नेपाल आदिवासी जनजाति साहित्यकार/ लेखक संघ बेलायत, नेपाल आदिवासी जनजाति युवा महासंघ युके, संघीय लोकतान्त्रिक सामाजिक मन्च युके, लिम्वान राष्ट्रिय मन्च युके, लिम्वुवान नागरिक समाज युके साथै नेपाल आदिवासी जनजाति महासंघ युकेमा आवद्ध संस्थाहरू रहेका छन् ।
ज्ञापन पत्र प्रदेश नम्बर १ पुन नामकरण संयुक्त संघर्ष समिति नेपाल र नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिलाई पनि बोधार्थ दिइएको छ ।
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम