
लन्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके दशौं कार्यसमितिको विशेष अधिवेशन २१ मेमा अल्डरसटस्थित एम्पायर हलमा गरिने भएको छ ।
बिहान ११ बजेदेखि हुने उक्त अधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयां नेतृत्व चयन र काउन्सिल अवधारणाबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शिता नाराको समीक्षा लगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने जानकारी अध्यक्ष प्रेम गाहामगरले दिएका छन् ।
विशेष अधिवेशनमा गैर आवासीय नेपाली संघ बेलायतका सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित एनआरएनए आइसीसीका पदाधिकारी लगायत केन्द्रीय पूर्व अध्यक्षहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको गाहामगरले बताए ।
पछिल्लो समय संस्थालाई केही स्वार्थी समूहले ध्वस्त पारेकाले यसको साख जोगाउन पनि अधिवेशनमा उल्लेख्य सहभागिता अपेक्षा गरिएको गाहामगरले बताए ।
उक्त विशेष अधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे गम्भीर छलफल आवश्यक हुने जनाइएको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ