
लन्डन । प्रेम गाहामगर अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके दशौं कार्यसमितिको विशेष अधिवेशन २१ मेमा अल्डरसटस्थित एम्पायर हलमा गरिने भएको छ ।
बिहान ११ बजेदेखि हुने उक्त अधिवेशनमा संघको नयां नेतृत्व चयनका लागि महाधिवेशन तयारी सम्बन्धमा छलफल, विधान संशोधन, नयां नेतृत्व चयन र काउन्सिल अवधारणाबारे सरसल्लाह, संस्थाको शुद्धीकरण तथा समुदायको एकीकरण र पारदर्शिता नाराको समीक्षा लगायत संघको अबका प्राथमिकता र भावी योजनाबारे विचार विमर्श हुने जानकारी अध्यक्ष प्रेम गाहामगरले दिएका छन् ।
विशेष अधिवेशनमा गैर आवासीय नेपाली संघ बेलायतका सम्पूर्ण पञ्जीकृत सदस्यहरुसहित एनआरएनए आइसीसीका पदाधिकारी लगायत केन्द्रीय पूर्व अध्यक्षहरु, संरक्षकहरु, गैरआवासीय नेपाली संघ बेलायतका पूर्व अध्यक्षहरु, सल्लाहकारहरु, बेलायतस्थित सबै संघसंस्थाका प्रतिनिधि, प्रवुद्ध वर्ग तथा अभियन्ताहरुलाई निम्त्याइएको गाहामगरले बताए ।
पछिल्लो समय संस्थालाई केही स्वार्थी समूहले ध्वस्त पारेकाले यसको साख जोगाउन पनि अधिवेशनमा उल्लेख्य सहभागिता अपेक्षा गरिएको गाहामगरले बताए ।
उक्त विशेष अधिवेशनमा वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेबारे गम्भीर छलफल आवश्यक हुने जनाइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’