
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले स्थापना दिवसको अवसरमा आउँदो जुलाई ९ तारिख आइतबार एक ‘च्यारिटी डिनर नाइट’ को आयोजना गर्ने भएको छ ।
शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा गतसाता सम्पन्न कार्यसमितिको बैठकले स्थापना दिवस एवम् च्यारिटी कार्यक्रम गर्ने निर्णय गरेको हो ।
‘स्थापना दिवस एवम् च्यारिटी नाइट’ का लागि महासचिव नरेन्द्र बस्नेतलाई संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिनेश कुमार परियार र उपाध्यक्ष प्रमिला लाबुंग राईलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।
गतवर्ष जुलाई १० मा शाखाले आफ्नो स्थापनाको एक दशक पूरा गरेको अवसरमा दशौँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको थियो ।
स्थापना दिवसका लागि कार्यक्रम स्थलको चाडै टुंगो लगाइने र च्यारिटी कार्यक्रमबाट संकलित रकम कुनै परोपकारी कार्यमा उपयोग गरिनेछ ।
सोही अवसरमा शाखाले वर्षेनी प्रदान गर्दै आएको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार पनि वितरण गरिनेछ ।
कार्यक्रममा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजका अगुवाहरुलाई आमन्त्रण गरिने सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिने शाखाले जनाएको छ ।
उक्त दिन अन्य कार्यक्रमहरु नराखिदिन बेलायतस्थित संघसंस्थालाई महासंघले अनुरोध गरेको छ ।
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ