
लण्डन । बेलायतको फार्नब्रोमा घरजग्गामा लगानीका सम्बन्धमा निशुल्क सेमिनारको आयोजना गरिएको छ ।
पेपरवर्क्स सोल्यूसन्स, किङ्सगेट मोर्गेज, ब्रिज स्टेट एजेन्ट र एस टीआइएजएमको संयुक्त आयोजनामा हुन लागेको सो सेमिनार फार्नब्रो कलेज अफ टेक्नोलोजी, फार्नब्रोमा अप्रिल १ तारिखमा हुनेछ ।
सो सेमिनार बेलायतमा घरजग्गा बजारमा लगानी गर्न इच्छुक सबैलाई लक्षीत गरी आयोजना गरिएको आयोजकमध्येका एक पेपरवर्क्स सोल्यूसन्सका श्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस व्यसायमा पहिल्यै अनुभव लिइसकेका र लगानी गर्ने सोच बनाइरहेका दुवैका लागि सेमिनार उपयोगी हुनेछ ।
सेमिनारमा सर्टिफाइड चार्टर्ड अकाउण्टेन्ट श्रेष्ठका साथै मोर्गेज एडभाइजर प्रजेश श्रेष्ठ, प्रोपर्टी इन्भेष्टर चन्द्र गुरुङ र ब्रिज स्टेट एजेन्टका प्रबन्धकहरू लाउरा स्कानलान र जेसन जोन्स पनि वक्ताका रूपमा रहेका छन् । श्याम श्रेष्ठ विगत १५ वर्षदेखि अकाउण्टेण्टका रूपमा कार्यरत छन् भने मोर्गेज एडभाइजर श्रेष्ठसित ११ वर्षको अनुभव छ। उता ब्रिज स्टेट एजेन्ट ह्याम्पसायरकै प्रमुख स्टेट एजेन्ट हो । उनीहरूले बेलायतमा प्रोपर्टी क्षेत्रको नयाँ अवस्था, अवसरहरू र उत्तम अभ्यासका बारेमा जानकारी दिने बताइएको छ ।
सेमिनारमा सहभागीहरूलाई प्रश्नोत्तर गर्न, आफ्नो अनुभव साट्न र अरू लगानीकर्ताहरूसित सन्जाल बनाउने अवसर उपलब्ध हुने छ ।
सेमिनारमा सहभागी हुन चाहनेहरूलाई क्यूआर कोड स्क्यान गरी रजिस्टर गर्न आयोजकले अनुरोध गरेका छन् ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी