
लण्डन । बेलायतलाई कर्मथलो बनाइरहेका नेपाली मूलका दुई युवाले बेलायतको प्रतिष्ठित अवार्ड जितेका छन् ।
एसिएन मिडिया ग्रुपले सन् १९९९ देखि प्रदान गर्दै आएको जीजीटू अवार्डबाट अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढा मगर र हाल बेलायतको स्वास्थ्य सेवा न्याशनल हेल्थ ट्रष्ट नर्थवेष्ट एङ्गिला क्षेत्रको उपमहाप्रबन्धक प्रदीप कारन्जितले सो अवार्ड पाएका हुन् ।
बेलायतमा जातीय अल्पसंख्यक समुदायका नेतृत्व तथा कुशाग्र क्षमताका व्यक्तिहरूलाई सो अवार्ड दिइने गरिएको छ । सो अवार्ड पाउनेहरूको सूचीमा वर्तमान ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक समेत रहेका छन् । उनलाई जीजीटू ह्यामर अवार्ड दिइएको थियो । तथापि अवार्ड थाप्न उनी उपस्थित भएनन् ।
उता हरि बुढा मगरलाई भने जीजीटू अचिभमेण्ट थ्रु एडभर्सिटी अवार्ड प्रदान गरिएको छ । बेलायतमा सामाजिक र परोपकारी क्षेत्रमा सक्रिय बुढा अहिले सगरमाथा आरोहरणको तयारीमा छन् ।
बेलायतको मात्र नभई विश्वमै कहलिएको बेलायतको स्वास्थ्य सेवाको उपल्लो पदमा पुगेका प्रदिप कारन्जितले भने सो अवार्ड आफू एक्लैले नभई समग्र टीमले नै लिने बताएका थिए । उनी उपप्रमुख कार्यकारी अधिकृत रहेको नर्थवेष्ट एङ्गिला एनएचएस ट्रष्टलाई जीजीटू एनएचएस ट्रष्ट अफ द इयर अवार्ड दिइएको छ ।
सो अवसरमा जातीय अल्पसंख्यक समुदायबाट विभिन्न क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गरेका र नेतृत्व क्षमता देखाएका विभिन्न संस्था र व्यक्तिहरूलाई पनि सम्मानित गरिएको थियो ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार