
लण्डन । बेलायती राजा चार्ल्स तृतीयको नामको पहिलो भवन नेपालको पोखरामा निर्माण गरिएको छ ।
सो भवनको हालै बेलायतका रक्षा राज्यमन्त्री डा आन्ड्रयू मुरिसनले उद्घाटन गरे । सो भवन बेलायतको रक्षा पूर्वाधार संगठन (डीआइओ) र नेपाली निर्माणकर्ताले संयुक्तरूपमा बनाएका हुन् ।
सो भवनको नाम राजा चार्ल्सको नाममा राख्न नेपालको ब्रिटिश गोरखा नेपालले राजपरिवारसित अनुरोध गरेको थियो ।
बेलायतको रक्षा मन्त्रालयले सो भवन नै राजा चार्ल्सको नामको पहिलो भवन भएको बताएको छ ।
ब्रिटिश गोरखा क्याम्प पोखरामा पहिले भएको जीम हलमा सो भवन बनाइएको हो । सन् २०२१ मा निर्माण शुरु गरिएको सो भवन निर्धारित समयभन्दा दुई महिना अगावै सम्पन्न भएको थियो । सो भवनको लागत करिब ९ लाख ९० हजार पाउण्ड रहेको बताइएको छ ।
भवन निर्माणबारे बेलायतको नियम र नेपालको भूकम्प प्रतिरोधी नियमलाई पालना गरी सो भवनको डिजाइन गरिएको छ ।
मन्त्री मुरिसनले राजा चार्ल्स तृतीयको नाममा बनेको भवनको उद्घाटन गर्न पाएकोमा खुशी लागेको बताए । उनले सो भवन कर्मचारी, उनीहरूको परिवार र गोरखा भर्तीका लागि लाभदायी हुनसक्ने आशा व्यक्त गरे ।
डिआइओ नेपालका सार्जेन्ट रिचर्ड बागेन्डाले राजा चार्ल्स तृतीयको नामको भवन निर्माण सम्पन्न भएकोमा खुशी लागेको बताए । उनले सो भवन अहिले नै लोकप्रिय भइसकेको र भविष्यमा पनि सबैको प्यारो हुनेमा शंका नरहेको बताए ।
सो भवन शारीरिक कसरतका लागि, नयाँ भर्ती हुनेहरूका लागि अंग्रेजी, गणित परीक्षा तथा शारीरिक नापजाँच लिन प्रयोग गरिनेछ । यस्तै आकस्मिक रूपमा आइपर्ने प्राकृतिक प्रकोपका बेला अस्थायी आवास वा भण्डारका रूपमा पनि प्रयोग गर्न सकिने छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण