
लण्डन । बेलायतको रसमोर काउन्सिलसित मितेरी सम्बन्ध रहेको नेपालको गोरखा नगरपालिकाका मेयर, उपमेयरसहित टोली बेलायत आइपुगेको छ ।
आज उहाँहरुसहितको छ सदस्सीय टोलीलाई बेलायतको हिथ्रो विमानस्थलमा रसमोर बरो काउन्सिलका पदाधिकारीहरुले स्वागत गरेका थिए । विमानस्थलमा काउन्सिलर जीव बेल्बासे, काउन्सिलका हेड अफ डेमोक्रेसी आन्ड्रयू कोल्भर र अधिकृत अलिस्टर मुर्डोक पुगेका थिए ।
बेलायतमा आउने नगरपालिकाको टोलीमा मेयर कृष्णबहादुर राना, उपमेयर मसलीमाया थोकर, मेयरकी श्रीमती बच्चुदेवी राना, वडाध्यक्षत्रय रामबहादुर खड्का, दिलबहादुर थापा र प्रदीप कुँवर रहेका छन् ।
उहाँहरु भोलि रसमोरका मेयरले आयोजना गर्ने मेयर च्यारिटी बलमा सहभागी हुनुहुने रसमोर काउन्सिलका काउन्सिलर जीव बेल्बासेले जानकारी दिनुभयो । यसका साथै उहाँहरुले रसमोर काउन्सिलमा शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सामाजिक सुरक्षा लगायतका कुराहरु कसरी सञ्चालन भइरहेका छन् भन्ने बारेमा पनि जानकारी लिनुहुने बेल्बासेले बताउनुभयो ।
रसमोर र गोरखा नगरपालिकाबीच यसअघि मितेरी सम्बन्ध स्थापित भइसकेकोमा त्यसको पुनरावलोकन पनि गरिने बताइएको छ ।
“उहाँहरुको भ्रमणको उद्देश्य रसमोरका राम्रा अभ्यासबाट गोरखाले लाभ लिने र गोरखाका राम्रा अभ्यासबाट रसमोरले लाभ लिने हो”, बेल्बासेले भन्नुभयो ।
यसअघि पनि गोरखा नगरपालिकाका मेयरको टोली बेलायत आएको थियो भने रसमोरको टोली पनि गोरखा गइसकेको छ ।
गोरखा नगरपालिका टोलीको औपचारिक भ्रमण आजबाट आइतबारसम्म हुने बताइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार