
लण्डन । बेलायतको रसमोर काउन्सिलसित मितेरी सम्बन्ध रहेको नेपालको गोरखा नगरपालिकाका मेयर, उपमेयरसहित टोली बेलायत आइपुगेको छ ।
आज उहाँहरुसहितको छ सदस्सीय टोलीलाई बेलायतको हिथ्रो विमानस्थलमा रसमोर बरो काउन्सिलका पदाधिकारीहरुले स्वागत गरेका थिए । विमानस्थलमा काउन्सिलर जीव बेल्बासे, काउन्सिलका हेड अफ डेमोक्रेसी आन्ड्रयू कोल्भर र अधिकृत अलिस्टर मुर्डोक पुगेका थिए ।
बेलायतमा आउने नगरपालिकाको टोलीमा मेयर कृष्णबहादुर राना, उपमेयर मसलीमाया थोकर, मेयरकी श्रीमती बच्चुदेवी राना, वडाध्यक्षत्रय रामबहादुर खड्का, दिलबहादुर थापा र प्रदीप कुँवर रहेका छन् ।
उहाँहरु भोलि रसमोरका मेयरले आयोजना गर्ने मेयर च्यारिटी बलमा सहभागी हुनुहुने रसमोर काउन्सिलका काउन्सिलर जीव बेल्बासेले जानकारी दिनुभयो । यसका साथै उहाँहरुले रसमोर काउन्सिलमा शिक्षा, स्वास्थ्य, फोहोरमैला व्यवस्थापन, सामाजिक सुरक्षा लगायतका कुराहरु कसरी सञ्चालन भइरहेका छन् भन्ने बारेमा पनि जानकारी लिनुहुने बेल्बासेले बताउनुभयो ।
रसमोर र गोरखा नगरपालिकाबीच यसअघि मितेरी सम्बन्ध स्थापित भइसकेकोमा त्यसको पुनरावलोकन पनि गरिने बताइएको छ ।
“उहाँहरुको भ्रमणको उद्देश्य रसमोरका राम्रा अभ्यासबाट गोरखाले लाभ लिने र गोरखाका राम्रा अभ्यासबाट रसमोरले लाभ लिने हो”, बेल्बासेले भन्नुभयो ।
यसअघि पनि गोरखा नगरपालिकाका मेयरको टोली बेलायत आएको थियो भने रसमोरको टोली पनि गोरखा गइसकेको छ ।
गोरखा नगरपालिका टोलीको औपचारिक भ्रमण आजबाट आइतबारसम्म हुने बताइएको छ ।
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी