
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङ्गले नवनिर्वाचित एवं पाँचौं कार्यसमितिका अध्यक्ष हर्क गुरुङलाई कार्यभार हस्तान्तरण गरेका छन् ।
गत बिहीबार बीसीसी गुम्बा, अल्डरसटमा बीसीसी युकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो टासी, पाँचौं कार्यसमितिका उपाध्यक्ष क्या. देव घले र प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङको उपस्थितिमा सो जिम्मेवारी हस्तान्तण गरिएको हो ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायत विभिन्न सामाजिक र राजनीतिक संघसंस्थामा समेत आवद्ध रहेका तामाङ्गले बीसीसी युकेको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । उनी २८ फेब्रुअरी २०२१ मा सम्पन्न चौंथो अधिवेशनबाट चौंथो कार्यसमितिको अध्यक्ष चुनिएका थिए ।
गत हप्ता पाँचौँ कार्यसमिति चयन भएपछि उनले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी कार्यभार नयाँ अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङ पनि लामो समयदेखि बीसीसी युकेको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् ।
स्मरण रहोस्, सन् २००७ सालमा स्थापना भएको बीसीसी युकेको हालसम्म ले.रि. काजी शेर्पा, ले.रि. नारायणप्रसाद गुरुङ बिईएम, नरेश गुरुङ, धर्म तामाङ्गले अध्यक्षता गरिसकेका छन् भने गत हप्तादेखि हर्क गुरुङले पाँचौं कार्यसमितिको नेतृत्वको जिम्मेवारी लिएका छन् ।

तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर