
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङ्गले नवनिर्वाचित एवं पाँचौं कार्यसमितिका अध्यक्ष हर्क गुरुङलाई कार्यभार हस्तान्तरण गरेका छन् ।
गत बिहीबार बीसीसी गुम्बा, अल्डरसटमा बीसीसी युकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन रिन्पोछे, खेन्पो टासी, पाँचौं कार्यसमितिका उपाध्यक्ष क्या. देव घले र प्रोपर्टी सेक्रेटरी रामचन्द्र गुरुङको उपस्थितिमा सो जिम्मेवारी हस्तान्तण गरिएको हो ।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायत विभिन्न सामाजिक र राजनीतिक संघसंस्थामा समेत आवद्ध रहेका तामाङ्गले बीसीसी युकेको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए । उनी २८ फेब्रुअरी २०२१ मा सम्पन्न चौंथो अधिवेशनबाट चौंथो कार्यसमितिको अध्यक्ष चुनिएका थिए ।
गत हप्ता पाँचौँ कार्यसमिति चयन भएपछि उनले आफ्नो दुई वर्षे कार्यकाल पूरा गरी कार्यभार नयाँ अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष गुरुङ पनि लामो समयदेखि बीसीसी युकेको विभिन्न जिम्मेवारी सम्हाल्दै आएका व्यक्ति हुन् ।
स्मरण रहोस्, सन् २००७ सालमा स्थापना भएको बीसीसी युकेको हालसम्म ले.रि. काजी शेर्पा, ले.रि. नारायणप्रसाद गुरुङ बिईएम, नरेश गुरुङ, धर्म तामाङ्गले अध्यक्षता गरिसकेका छन् भने गत हप्तादेखि हर्क गुरुङले पाँचौं कार्यसमितिको नेतृत्वको जिम्मेवारी लिएका छन् ।

अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार