
लण्डन । ग्रेसर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले अन्तर्रास्ट्रिय नारी दिवस मनाउने भएको ।
१२ मार्च २०२३ का दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म एम्पायर हल अल्डरसटमा सो कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रमको लागि संयोजकसहित पाँच जनालाई कार्य समितिको बैठकबाट जिम्मा दिइएको छ । जसमा अध्यक्ष मन गुरुङ, कार्यक्रम संयोजक लीला सेलिङ् माबो, सहसंयोजक सुष्मा गुरुङ र सुशिला थापा तथा कोषाध्यक्ष श्याम श्रेष्ठ छन्।
जीआरयनसीले इन्फर्मेसन डेको रुपमा नारी दिवस मनाउँदै आए पनि यस पटक सशक्तिकरण र जीवनशैली परिवर्तन गर्ने खालको कार्येक्रम गर्ने योजना छ । जसमा ध्यान, शारीरिक ब्यायाम, हिलिङ्ग, मानसिक स्वास्थ्य, हृदयाघात, घरेलु हिंसा, क्यान्सर, सामाजिक सन्जाल आदिका बारेमा जानकारी दिने योजना छ।
उक्त दिनमा डा तामाङ, निशा शर्मा, सुष्मा गुरुङ, अनुषा गुरुङ, सुशिला मगर, अलिज़ा गुरुङ र मन गुरुङले जानकारी दिने र सशक्तिकरन गराउने छन्।
उक्त कार्यक्रममा निसुल्क प्रवेशको व्यवस्था छ भने आफ्नो इच्छाअनुसार दान दिन भने सकिने छ।
खर्च कटाएर बाँकी रहेको रकम भुकम्प पीडित, द्वन्द्वा पीडित, नेपालको तथा स्थानीयमा सामाजिक कार्यमा खर्चिने छ। यदि तपाई आउनु हुन्छ भने तलको लिंकमा रजिस्टर गर्नु होला।
Intl Women’s Day 2023 Tickets, Sun 12 Mar 2023 at 12:00 | Eventbrite
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम