
लण्डन । ग्रेसर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले अन्तर्रास्ट्रिय नारी दिवस मनाउने भएको ।
१२ मार्च २०२३ का दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म एम्पायर हल अल्डरसटमा सो कार्यक्रम आयोजना गरिएको छ।
उक्त कार्यक्रमको लागि संयोजकसहित पाँच जनालाई कार्य समितिको बैठकबाट जिम्मा दिइएको छ । जसमा अध्यक्ष मन गुरुङ, कार्यक्रम संयोजक लीला सेलिङ् माबो, सहसंयोजक सुष्मा गुरुङ र सुशिला थापा तथा कोषाध्यक्ष श्याम श्रेष्ठ छन्।
जीआरयनसीले इन्फर्मेसन डेको रुपमा नारी दिवस मनाउँदै आए पनि यस पटक सशक्तिकरण र जीवनशैली परिवर्तन गर्ने खालको कार्येक्रम गर्ने योजना छ । जसमा ध्यान, शारीरिक ब्यायाम, हिलिङ्ग, मानसिक स्वास्थ्य, हृदयाघात, घरेलु हिंसा, क्यान्सर, सामाजिक सन्जाल आदिका बारेमा जानकारी दिने योजना छ।
उक्त दिनमा डा तामाङ, निशा शर्मा, सुष्मा गुरुङ, अनुषा गुरुङ, सुशिला मगर, अलिज़ा गुरुङ र मन गुरुङले जानकारी दिने र सशक्तिकरन गराउने छन्।
उक्त कार्यक्रममा निसुल्क प्रवेशको व्यवस्था छ भने आफ्नो इच्छाअनुसार दान दिन भने सकिने छ।
खर्च कटाएर बाँकी रहेको रकम भुकम्प पीडित, द्वन्द्वा पीडित, नेपालको तथा स्थानीयमा सामाजिक कार्यमा खर्चिने छ। यदि तपाई आउनु हुन्छ भने तलको लिंकमा रजिस्टर गर्नु होला।
Intl Women’s Day 2023 Tickets, Sun 12 Mar 2023 at 12:00 | Eventbrite
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण