
लण्डन । डिसेम्बर १ देखि बेलायतमा हराइरहेका नेपाली युवा किरण पुनसित बसमा सवार यात्रुहरुलाई प्रहरीसित सम्पर्क राख्न बेलायतको ह्याम्पसायर प्रहरीले अनुरोध गरेको छ ।
ह्याम्पसायर प्रहरीले सनिबार एक अपील प्रकाशित गर्दै डिसेम्बर १ तारिखका दिन फार्नब्रोबाट अल्डरसट स्टेशनमा करिब साँझ साढे ७ आइपुगेको १ नम्बर रुटको बसमा सवार किरण पुनसित यात्रारत यात्रुहरुलाई प्रहरीसित सम्पर्क राख्न आग्रह गरेको छ ।
प्रहरीले सो बसको माथिल्लो तल्लाको तस्वीर सार्वजनिक गर्दै सो तस्वीरमा देखिएका बसको भर्याङमा उभिइरहेका एक युवकलाई विशेष रुपमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
साथै बसमा यात्रारत यात्रुहरुसित कुनै सूचना भए प्रहरीलाई १०१ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ ।
प्रहरीले शनिबार मात्र सर्वसाधारणलाई किरण पुनका बारेमा कुनै सिसिटीभी फुटेज भएमा उपलब्ध गराउन अनुरोध गरेको थियो । यसका लागि प्रहरीले वेभसाइट ठेगाना उपलब्ध गराएको छ जहाँबाट सोझै भिडियो वा फोटो अपलोड गर्न सकिन्छ । सिसिटिभी फुटेज यो ठेगानामा अपलोड गर्न सकिनेछ: https://mipp.police.uk/operation/44HC22N08-PO1
प्रहरीले किरणको हत्याको आशंकामा पाँच जनालाई हालसम्म पक्राउ गरेकोमा सबैजनालाई हाजिर जमानीमा छोडिएको छ ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री