
लण्डन । डिसेम्बर १ देखि बेलायतमा हराइरहेका नेपाली युवा किरण पुनसित बसमा सवार यात्रुहरुलाई प्रहरीसित सम्पर्क राख्न बेलायतको ह्याम्पसायर प्रहरीले अनुरोध गरेको छ ।
ह्याम्पसायर प्रहरीले सनिबार एक अपील प्रकाशित गर्दै डिसेम्बर १ तारिखका दिन फार्नब्रोबाट अल्डरसट स्टेशनमा करिब साँझ साढे ७ आइपुगेको १ नम्बर रुटको बसमा सवार किरण पुनसित यात्रारत यात्रुहरुलाई प्रहरीसित सम्पर्क राख्न आग्रह गरेको छ ।
प्रहरीले सो बसको माथिल्लो तल्लाको तस्वीर सार्वजनिक गर्दै सो तस्वीरमा देखिएका बसको भर्याङमा उभिइरहेका एक युवकलाई विशेष रुपमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
साथै बसमा यात्रारत यात्रुहरुसित कुनै सूचना भए प्रहरीलाई १०१ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ ।
प्रहरीले शनिबार मात्र सर्वसाधारणलाई किरण पुनका बारेमा कुनै सिसिटीभी फुटेज भएमा उपलब्ध गराउन अनुरोध गरेको थियो । यसका लागि प्रहरीले वेभसाइट ठेगाना उपलब्ध गराएको छ जहाँबाट सोझै भिडियो वा फोटो अपलोड गर्न सकिन्छ । सिसिटिभी फुटेज यो ठेगानामा अपलोड गर्न सकिनेछ: https://mipp.police.uk/operation/44HC22N08-PO1
प्रहरीले किरणको हत्याको आशंकामा पाँच जनालाई हालसम्म पक्राउ गरेकोमा सबैजनालाई हाजिर जमानीमा छोडिएको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश