लण्डन । बेलायतमा एक महिनादेखि हराइरहेका ३६ वर्षीय किरण पुनका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले उनको हत्याको आशंकामा तीन युवालाई पक्राउ गरेको छ ।
ह्याम्पसायर प्रहरीले विहीबार बिहान सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरुमा एक १७ वर्षीय किशोरका साथै २० र २१ वर्षका पुरुषहरु रहेका छन् ।
फार्नब्रोबाट पक्राउ परेका उनीहरु अहिले थुनामा रहेका छन् ।
प्रहरीले यसअघि नै अल्डरटबाट एक जना र फ्लीटबाट एक जनालाई पक्राउ गरी जमानतमा छोडेको छ । उनीहरुलाई मार्चसम्म हाजिर जमानीमा छोडिएको हो ।
डिटेक्टिभ इन्सपेक्टर आडम इडवार्डले किरण कहाँ छन् भन्ने बारेमा कडाइका साथ खोजिरहेको र उनी अल्डरसटमा देखिनु अगाडी र पछिका सूचनाहरुलाई जोड्न खोजिरहेको बताएका छन् । अल्डरसट स्टेशन वरिपरि केन्द्रीत गरेर खोजी गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
उनले किरणका बारेमा केही सूचना भए प्रहरीलाई दिन पनि अनुरोध गरेका छन् । प्रहरीको फोन नम्बर १०१ मा फोन गरी रिफरेन्स नम्बर ४४२२०५१०९९२ उल्लेख गरेर वा क्राइमस्टोपर्समा ०८०० ५५५ १११ मा फोन गरी आफ्नो परिचय नखुलाई सूचना दिन सकिने छ ।
एम्सबरी निवासी किरण पुन डिसेम्बर १ तारिखका दिन अल्डरसट स्टेशनबाहिर बसबाट ओर्लिदै गरेको देखिएका थिए । त्यसपछि उनी बेपत्ता छन् । कालो छोटो कपाल, खैरो आँखा र पालतो अनुहार भएका उनको चिउँडोमा खत छ । उनी करिब ५ फुट ८ इन्च अग्ला छन् ।
प्रहरीले हालसम्म किरणको बारेमा सार्वजनिक गरेको सूचनामा चलाखी र सावधानीपूर्वक शब्द चयन गरेका छन् । सूचनामा एकातिर किरण जीवितै हुनसक्ने अनुमान गर्ने ठाउँ पनि दिइएको छ भने अर्कोतिर ‘हत्याको आशंका’मा पक्राउ भन्दा किरणको हत्या भइसकेको हो कि भन्ने शंका गर्ने ठाउँ पनि दिएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची