लण्डन । बेलायतमा एक महिनादेखि हराइरहेका ३६ वर्षीय किरण पुनका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले उनको हत्याको आशंकामा तीन युवालाई पक्राउ गरेको छ ।
ह्याम्पसायर प्रहरीले विहीबार बिहान सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पक्राउ पर्नेहरुमा एक १७ वर्षीय किशोरका साथै २० र २१ वर्षका पुरुषहरु रहेका छन् ।
फार्नब्रोबाट पक्राउ परेका उनीहरु अहिले थुनामा रहेका छन् ।
प्रहरीले यसअघि नै अल्डरटबाट एक जना र फ्लीटबाट एक जनालाई पक्राउ गरी जमानतमा छोडेको छ । उनीहरुलाई मार्चसम्म हाजिर जमानीमा छोडिएको हो ।
डिटेक्टिभ इन्सपेक्टर आडम इडवार्डले किरण कहाँ छन् भन्ने बारेमा कडाइका साथ खोजिरहेको र उनी अल्डरसटमा देखिनु अगाडी र पछिका सूचनाहरुलाई जोड्न खोजिरहेको बताएका छन् । अल्डरसट स्टेशन वरिपरि केन्द्रीत गरेर खोजी गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
उनले किरणका बारेमा केही सूचना भए प्रहरीलाई दिन पनि अनुरोध गरेका छन् । प्रहरीको फोन नम्बर १०१ मा फोन गरी रिफरेन्स नम्बर ४४२२०५१०९९२ उल्लेख गरेर वा क्राइमस्टोपर्समा ०८०० ५५५ १११ मा फोन गरी आफ्नो परिचय नखुलाई सूचना दिन सकिने छ ।
एम्सबरी निवासी किरण पुन डिसेम्बर १ तारिखका दिन अल्डरसट स्टेशनबाहिर बसबाट ओर्लिदै गरेको देखिएका थिए । त्यसपछि उनी बेपत्ता छन् । कालो छोटो कपाल, खैरो आँखा र पालतो अनुहार भएका उनको चिउँडोमा खत छ । उनी करिब ५ फुट ८ इन्च अग्ला छन् ।
प्रहरीले हालसम्म किरणको बारेमा सार्वजनिक गरेको सूचनामा चलाखी र सावधानीपूर्वक शब्द चयन गरेका छन् । सूचनामा एकातिर किरण जीवितै हुनसक्ने अनुमान गर्ने ठाउँ पनि दिइएको छ भने अर्कोतिर ‘हत्याको आशंका’मा पक्राउ भन्दा किरणको हत्या भइसकेको हो कि भन्ने शंका गर्ने ठाउँ पनि दिएको छ ।
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने