
काठमाडौं । जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले साहित्यिक पुरस्कार तथा सम्मान घोषणा गरेको छ ।
वार्षिक रूपमा प्रदान गर्दै आएको साहित्यिक पुरस्कार यस वर्ष चैत २८ गते शनिबार काठमाडौंमा कार्यक्रम आयोजना गरी वितरण गरिने जानकारी दिइएको हो । प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफामगरद्वारा बुधबार जारी प्रेस विज्ञप्तिअनुसार, यस वर्षको जित-रेख मगर साहित्य पुरस्कार–२०८१ दुधौली-१४ आहालटार सिन्धुली निवासी उजिर राना मगरलाई दिने निर्णय भएको छ । राना मगरलाई माम्ह्याक्नी (नबिर्स-२०५८) ए…डाजे डईको (ए..दाइ दिदीहरु-२०६४) मगर भाषा कवितासंग्रह र मोईझाओ रोहआङ (मातृभूमिको मायामा-२०६५) कृतिका लागि दिन लागिएको हो । उक्त पुरस्कारको राशि ६० हजार नगद र सम्मानपत्र रहेको छ ।
त्यसैगरी जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१ नेपाल मगर संघका संस्थापक सदस्य समाजसेवी खगेन्द्र घर्ती मगरलाई दिने भएको छ । उक्त पुरस्कार राशि ४० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
१५ हजार राशिको जित-रेख मगर नवप्रतिभा साहित्य पुरस्कार २०८१ अठार मगर खाम भाषा एकाङ्की नाटकसंग्रह नाङ्खार-याल (गाउँतिर-२०७४) र अल्लाका सुल (हिजोको पाइला-२०८०) नाटकसंग्रहका स्रष्टा थवाङ-२ मिरुल रोल्पा निवासी राकेश बि.एम. चिन्तनलाई प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
सोही समारोहमा निवर्तमान उपसभामुख इन्दिरा राना मगर र कुलपति भूपाल राईलाई सम्मान गरिने पनि अध्यक्ष लाफा मगरले जानकारी दिनुभयो ।

बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा