
वासिङ्टन । इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको र अमेरिकी सेनाले चालक दलका सदस्यमध्ये एकलाई उद्धार गरेको छ ।
इरानी सञ्चारमाध्यमले विमानको भग्नावशेषको फुटेज प्रसारण गरेपछि प्रमुख अमेरिकी सञ्चारमाध्यमहरूले पनि शुक्रबार इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको पुष्टि गरेका छन् । एक्सिओस र सीबीएस न्यूजले अज्ञात स्रोतलाई उद्धृत गर्दै विमानमा रहेका दुई चालक दलमध्ये एकलाई अमेरिकी विशेष बलले उद्धार गरिसकेको तर चालक दलका दोस्रो सदस्यको खोजी कार्य जारी रहेको जनाएको छ ।
द न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका अनुसार उक्त एफ–१५–इ लडाकु विमानमा चालक र अमेरिकी रक्षा प्रणालीका एक अधिकृत सवार थिए । सीएनएनले इरानी मिडियाले देखाएको भग्नावशेषमा एफ–३५ स्टील्थ लडाकुको सट्टा एफ–१५ देखिएको छ ।
अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको जनाएका छन् तर प्रतिक्रियाकोे लागि एएफपीले गरेको सम्पर्कमा ह्वाइट हाउस वा पेन्टागनबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले युद्धको आदेश दिएयता इरानभित्र पहिलो विमान गुमाएपछि विशेष अमेरिकी सेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ।
सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यमहरूमा प्रसारित तस्बिर र भिडियोहरूलाई उद्धृत गर्दै प्रमुख अमेरिकी सञ्चारमाध्यमले अमेरिकी हेलिकप्टर र अन्य विमानहरू खसालिएको अनुमान गरिएको लडाकू विमानको भन्दा कम उचाइबाट उडिरहेको बताएका छन्।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान