
लण्डन । पहिचान पुरस्कार कोषले २०७८/२०७९ को पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
लालीगुराँस नगरपालिका तेह्रथुमका नगर प्रमुखसमेत रहेका अर्जुनबाबु माबोहाङ लिम्बु जातिको विषयमा खोज अनुसन्धान गर्छन् । विषेशगरी मुन्धुमको जीवन दर्शनलाई नजिकबाट अध्ययन गर्छन् । उनी मुन्धुम दर्शनको अध्येता हुन् । अमित थेवे मिहाङ हाल रोजगारीको लागि बेलायतमा रहेका छन् । उनी युवा कवि, पत्रकार र सामाजिक अभियन्ता हुन् । उहाँहरुको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ । यो महत्वपूर्ण दस्तावेज हो । जसलाई उनीहरुले आम समाजमा उपस्थित गराएका छन् । आफ्नो मातृभाषालाई आफ्नै लिपिमा लेखिनु ऊ बेला सामान्य विषय थिएन । मातृभाषा र लिपिको संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य ग¥यो र सेनवंसीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा आएको छ ।
कविता राई शिक्षक हुन् । काठमाण्डौंभन्दा धेरै टाढा भोजपुरको एक स्कूलमा पढाउँछिन् । साथै कविता र आख्यान लेख्छिन् । ‘गुरु’ उपन्यास सरल गाउँले जनजीव्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेषगरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुराडाँडासम्मको कथा र कथाका पात्रहरु यसमा जोडिएका छन् ।
संस्थाले जनाएअनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो । चैत्र ५ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’ गर्ने तालिका तय गरेको छ । उक्त यात्राको आउनु हुने पाहुनाहरुलाई खान र बस्नको लागि निशुल्क ब्यवस्था गरिने संस्थाले जानकारी गराएको छ ।

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण