
लण्डन । पहिचान पुरस्कार कोषले २०७८/२०७९ को पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
लालीगुराँस नगरपालिका तेह्रथुमका नगर प्रमुखसमेत रहेका अर्जुनबाबु माबोहाङ लिम्बु जातिको विषयमा खोज अनुसन्धान गर्छन् । विषेशगरी मुन्धुमको जीवन दर्शनलाई नजिकबाट अध्ययन गर्छन् । उनी मुन्धुम दर्शनको अध्येता हुन् । अमित थेवे मिहाङ हाल रोजगारीको लागि बेलायतमा रहेका छन् । उनी युवा कवि, पत्रकार र सामाजिक अभियन्ता हुन् । उहाँहरुको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक हो, ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ । यो महत्वपूर्ण दस्तावेज हो । जसलाई उनीहरुले आम समाजमा उपस्थित गराएका छन् । आफ्नो मातृभाषालाई आफ्नै लिपिमा लेखिनु ऊ बेला सामान्य विषय थिएन । मातृभाषा र लिपिको संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य ग¥यो र सेनवंसीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा आएको छ ।
कविता राई शिक्षक हुन् । काठमाण्डौंभन्दा धेरै टाढा भोजपुरको एक स्कूलमा पढाउँछिन् । साथै कविता र आख्यान लेख्छिन् । ‘गुरु’ उपन्यास सरल गाउँले जनजीव्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेषगरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पूर्वी पहाडदेखि पश्चिम लमजुङको दुराडाँडासम्मको कथा र कथाका पात्रहरु यसमा जोडिएका छन् ।
संस्थाले जनाएअनुसार, चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने छ । गतसाल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो । चैत्र ५ गते एक दिने ‘काब्य मुन्दुम पथ यात्रा’ गर्ने तालिका तय गरेको छ । उक्त यात्राको आउनु हुने पाहुनाहरुलाई खान र बस्नको लागि निशुल्क ब्यवस्था गरिने संस्थाले जानकारी गराएको छ ।

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ