लण्डन । डिसेम्बर १ देखि हराइरहेका नेपाली युवा किरण पुनको हत्याको आशंकामा प्रहरीले अल्डरसटबाट एक जनालाई पक्राउ गरेको छ ।
ह्याम्पसायर प्रहरीका अनुसार ३६ वर्षीय पुरूषलाई आज पक्राउ गरिएको हो र अनुसन्धानका लागि थुनामा राखिएको छ । उनी नेपाली मूलकै हुन् वा होइनन् भन्ने प्रहरीले खुलाएको छैन ।
प्रहरीका अनुसार उनी सो दिन साँझ करिब साढे ७ बजेतिर अल्डरसट स्टेशनबाहिर बसबाट ओर्लिएका थिए । उनी सो दिन उनको निवास विल्सायर, एम्सबरीबाट अल्डरसट आएको बुझिएको छ ।
डिटेक्टिभ इन्सपेक्टर होवार्ड ब्रोड्रिवले किरण पुनको हत्याको आशंका पक्राउको खबरले समुदायलमा आश्चर्य पैदा गर्न सक्ने आफूहरूलाई लागेको बताएका छन् । हालसम्म प्रहरीलाई उपलब्ध सूचनाका आधारमा यो कदम चालिएको उनले जानकारी दिए । अझै पनि किरणलाई के भएको थियो भन्नेमा प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न उनले अनुरोध गरेका छन् ।
उनले किरण केही समयदेखि सम्पर्कविहीन भएको र कसैले किरणलाई यसबीचमा देखेको भए जानकारी दिएर अनुसन्धानलाई सहयोग गर्न उनले याचना गरेका छन् ।
किरणको फार्नब्रो, अल्डरसट, बेजिङस्टोक र एण्डोभरमा पनि साथीभाइ आफन्त रहेको बताइएको छ ।
करिब ५ फिट ८ इन्च अग्ला किरणको छोटो कालो कपाल, खैरो आँखा, पातलो अनुहार र चिउँडोमा खत रहेको बताइएको छ । उनको बारेमा केही जानकारी भए ह्याम्पसायर प्रहरीलाई १०१ मा फोन गरी रिफरेन्स नम्बर 44220510992 उल्लेख गरी जानकारी दिन सकिने छ । यसैगरी आफ्नो नाम नखुलाई ०८०० ५५५ १११ मा क्राइमस्टोपरमार्फत जानकारी दिन सकिने छ ।
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]