लण्डन । इङल्याण्ड र वेल्समा श्वेत (ह्वाइट) हरूको संख्या घटेको पाइएको छ भने एसिएनहरु दोस्रो ठूलो संख्यामा रहेको खुलासा भएको छ ।
गत वर्ष (२०२१) सम्पन्न राष्ट्रिय जनगणनाको जातजाति तथा धर्मसम्बन्धी मंगलबार प्रकाशित तथ्याङ्क अनुसार इङल्याण्ड र वेल्समा श्वेतहरूको संख्यामा ८१.७ प्रतिशतमा झरेको छ । सन् २०११ को जनगणनामा उनीहरूको संख्या ८६ प्रतिशत रहेको थियो । आफूलाई इङ्लिस, वेल्स, स्कटिश, नर्देन आइरिस वा ब्रिटिश भनेर चिनाउनेको संख्या पनि बितेको १० वर्षमा ७.५ प्रतिशतले घटेको छ ।
उता एसिएनहरुको संख्या भने विगतको जनगणनाको तुलनामा करिब २ प्रतिशतले बढेको छ । सन् २०११ मा ४२ लाख एसिएनहरुको संख्या रहेकोमा यस पटकको जनगणनामा ५५ लाख पुगेको छ । एसिएनहरूमा चिनियाँबाहेक बंगलादेशी, पाकिस्तानी, भारतीय र अन्य एसिएनहरुको संख्या विगत १० वर्षमा उल्लेख्यरूपमा बढेको पाइएको छ ।
यसैगरी, अश्वेत (अफ्रिकन, क्यारेबियन) हरुको संख्या पनि केही बढेको छ । गत जनगणनामा उनीहरुको संख्या १.९ प्रतिशत रहेकोमा यस पटकको जनगणनामा उनीहरुको संख्या ३.३ प्रतिशत पुगेको छ । यसमध्ये पनि अफ्रिकी मुलुक मूल थलो भएकाहरूको संख्या बढेको छ भने क्यारेबियन मूल थलो हुनेहरूको संख्या घटेको छ ।
श्वेतहरूमा पोलिस र रोमानियनहरूको संख्या बढेको पाइएको छ । पोलिसहरूको संख्या ६ लाख १४ हजार र रोमानियनहरूको संख्या ३ लाख ४३ हजार पाइएको छ ।
बेलायतका चार राज्यहरुमध्ये इङल्याण्ड र वेल्सको जनगणना एउटा निकायले गर्छ भने स्कटल्याणको अलग्गै कार्यालयले र उत्तरी आयरल्याण्डको अलग्गै कार्यालयले गर्ने गर्छ ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम