लण्डन । इङल्याण्ड र वेल्समा श्वेत (ह्वाइट) हरूको संख्या घटेको पाइएको छ भने एसिएनहरु दोस्रो ठूलो संख्यामा रहेको खुलासा भएको छ ।
गत वर्ष (२०२१) सम्पन्न राष्ट्रिय जनगणनाको जातजाति तथा धर्मसम्बन्धी मंगलबार प्रकाशित तथ्याङ्क अनुसार इङल्याण्ड र वेल्समा श्वेतहरूको संख्यामा ८१.७ प्रतिशतमा झरेको छ । सन् २०११ को जनगणनामा उनीहरूको संख्या ८६ प्रतिशत रहेको थियो । आफूलाई इङ्लिस, वेल्स, स्कटिश, नर्देन आइरिस वा ब्रिटिश भनेर चिनाउनेको संख्या पनि बितेको १० वर्षमा ७.५ प्रतिशतले घटेको छ ।
उता एसिएनहरुको संख्या भने विगतको जनगणनाको तुलनामा करिब २ प्रतिशतले बढेको छ । सन् २०११ मा ४२ लाख एसिएनहरुको संख्या रहेकोमा यस पटकको जनगणनामा ५५ लाख पुगेको छ । एसिएनहरूमा चिनियाँबाहेक बंगलादेशी, पाकिस्तानी, भारतीय र अन्य एसिएनहरुको संख्या विगत १० वर्षमा उल्लेख्यरूपमा बढेको पाइएको छ ।
यसैगरी, अश्वेत (अफ्रिकन, क्यारेबियन) हरुको संख्या पनि केही बढेको छ । गत जनगणनामा उनीहरुको संख्या १.९ प्रतिशत रहेकोमा यस पटकको जनगणनामा उनीहरुको संख्या ३.३ प्रतिशत पुगेको छ । यसमध्ये पनि अफ्रिकी मुलुक मूल थलो भएकाहरूको संख्या बढेको छ भने क्यारेबियन मूल थलो हुनेहरूको संख्या घटेको छ ।
श्वेतहरूमा पोलिस र रोमानियनहरूको संख्या बढेको पाइएको छ । पोलिसहरूको संख्या ६ लाख १४ हजार र रोमानियनहरूको संख्या ३ लाख ४३ हजार पाइएको छ ।
बेलायतका चार राज्यहरुमध्ये इङल्याण्ड र वेल्सको जनगणना एउटा निकायले गर्छ भने स्कटल्याणको अलग्गै कार्यालयले र उत्तरी आयरल्याण्डको अलग्गै कार्यालयले गर्ने गर्छ ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने