
बजेटमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । धेरै कमाउनेहरुलाई कर लगाइनु राम्रो हो । जस्तो अहिले १ लाख २५ हजार १४० पाउण्डमाथि वार्षिक तलब भएकाहरुलाई ४५ प्रतिशत कर लगाउने घोषणा गरिएको छ । यस्तै, उर्जा उत्पादकहरुलाई पनि कर बढाएर २५ बाट ३५ प्रतिशत बढाइनु साथै अर्को वर्षदेखि ४५ प्रतिशत पुर्याउने निर्णय गर्नु राम्रो कुरा हो । उर्जा उत्पादन गर्ने कम्पनीहरु राज्यको हुनुपथ्र्यो तर यहाँ नीजि कम्पनीहरु छन् । उनीहरुलाई पनि अफ्ठेरो समयमा राज्यलाई थप योगदान दिन लगाउनु राम्रो पक्ष हो । बजेटमा भएको अर्को राम्रो पक्ष न्यूनतम ज्याला वृद्धि गरी १०.४२ पाउण्ड पुर्याइनु हो । यसले धेरै जागिरेहरुलाई मुद्रास्फितिसित जुध्नलाई सहयोग गर्ने छ ।
स्वाभाविक रुपमा यो बजेटमा कसरी सरकारी कोष बढाउने उपायहरु खोजी गरिएको छ । त्यसको अर्थ हुन्छ सरकारले राष्ट्रिय ढिकुटीबाट थप सापटी वा ऋण नलिई त्यो स्रोत व्यक्ति वा कम्पनीबाट लिन खोजिएको छ । त्यसो हुँदा कसै न कसैले थप कर तिर्नुपर्ने हुन्छ । त्यो यो बजेटको नकारात्मक पाटो हो । किनकि कसैले पनि बढी कर तिर्न त चाहँदैन तर त्यसलाई आफूमा मात्र सीमित नराखी धेरै ऋण लिँदा त्यसले समग्रमा समाजलाई कस्तो असर पार्छ भन्ने तर्फ विचार पुर्याउने हो भने नकारात्मक भन्न पनि मिल्दैन ।
समग्रमा यो बजेट यसअघिका अर्थमन्त्रीले ल्याएको भन्दा धेरै राम्रो छ । पहिलाको बजेटले पुर्याएको असर पूर्ति गर्ने उद्देश्यबाट आएको छ । वर्तमान अर्थमन्त्रीले अहिलेको जटिल आर्थिक अवस्थाबाट पार पाउन चलाखीपूर्ण नीति ल्याएका छन् ।
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम