
बजेटमा सकारात्मक र नकारात्मक दुवै पक्ष छन् । धेरै कमाउनेहरुलाई कर लगाइनु राम्रो हो । जस्तो अहिले १ लाख २५ हजार १४० पाउण्डमाथि वार्षिक तलब भएकाहरुलाई ४५ प्रतिशत कर लगाउने घोषणा गरिएको छ । यस्तै, उर्जा उत्पादकहरुलाई पनि कर बढाएर २५ बाट ३५ प्रतिशत बढाइनु साथै अर्को वर्षदेखि ४५ प्रतिशत पुर्याउने निर्णय गर्नु राम्रो कुरा हो । उर्जा उत्पादन गर्ने कम्पनीहरु राज्यको हुनुपथ्र्यो तर यहाँ नीजि कम्पनीहरु छन् । उनीहरुलाई पनि अफ्ठेरो समयमा राज्यलाई थप योगदान दिन लगाउनु राम्रो पक्ष हो । बजेटमा भएको अर्को राम्रो पक्ष न्यूनतम ज्याला वृद्धि गरी १०.४२ पाउण्ड पुर्याइनु हो । यसले धेरै जागिरेहरुलाई मुद्रास्फितिसित जुध्नलाई सहयोग गर्ने छ ।
स्वाभाविक रुपमा यो बजेटमा कसरी सरकारी कोष बढाउने उपायहरु खोजी गरिएको छ । त्यसको अर्थ हुन्छ सरकारले राष्ट्रिय ढिकुटीबाट थप सापटी वा ऋण नलिई त्यो स्रोत व्यक्ति वा कम्पनीबाट लिन खोजिएको छ । त्यसो हुँदा कसै न कसैले थप कर तिर्नुपर्ने हुन्छ । त्यो यो बजेटको नकारात्मक पाटो हो । किनकि कसैले पनि बढी कर तिर्न त चाहँदैन तर त्यसलाई आफूमा मात्र सीमित नराखी धेरै ऋण लिँदा त्यसले समग्रमा समाजलाई कस्तो असर पार्छ भन्ने तर्फ विचार पुर्याउने हो भने नकारात्मक भन्न पनि मिल्दैन ।
समग्रमा यो बजेट यसअघिका अर्थमन्त्रीले ल्याएको भन्दा धेरै राम्रो छ । पहिलाको बजेटले पुर्याएको असर पूर्ति गर्ने उद्देश्यबाट आएको छ । वर्तमान अर्थमन्त्रीले अहिलेको जटिल आर्थिक अवस्थाबाट पार पाउन चलाखीपूर्ण नीति ल्याएका छन् ।
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री