
लन्डन । आगामी नोभेम्बर १३ तारिखमा ‘रिमेम्बरेन्स डे’ का दिन नेपाल रन यूकेले ‘नर्थल्ट १० के’ इभेन्ट गर्ने भएको छ।
ए-स्टार फाइनान्सियल सोलुसन्सको प्रमुख प्रायोजन रहेको उक्त दौड नर्थला फिल्ड पार्क, नर्थल्टमा आयोजना हुने आयोजकले बताएका छन् । उक्त इभेन्टमार्फत गोर्खा वेल्फेयर ट्रस्टको सहयोगार्थ च्यारिटी सहयोग संकलन गर्ने जनाइएको छ।
समुदायमा स्वास्थ्य तन्दुरुस्ती चेतना साथै सामाजिक कामको सहयोगार्थ आयोजित कार्यक्रममा ३५० बढी नेपाली तथा स्थानीय समुदायको सहभागिता रहने जनाइएको छ ।
कार्यक्रममा सहभागी हुन नेपाल रन युकेको वेब साइट (www.nepalrun.org) मार्फत फाराम भर्न सकिने जनाइएको छ । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीयलाई पुरस्कार पनि प्रदान गरिने बताइएको छ ।
समुदायको स्वास्थ्य र तन्दुरुस्तीका लागि आयोजना भएको यस्तो राम्रो काममा सहयोग गर्न पाउनु हाम्रो लागि पनि खुशीको कुरा हो । समुदाय स्वस्थ्य भए मात्र ब्यवसायको पनि अस्तित्व रहने भएकोले यो महत्वपूर्ण कार्यक्रममा सहयोग गरिएको ए-स्टारका डाइरेक्टर मिन दर्लामीले बताए ।
कार्यक्रममा सहभागी सबैले टिसर्ट र मेडल प्राप्त गर्ने छन् । कार्यक्रम दौड प्रतियोगिताको रुपमा मात्र नभएर तन्दुरुस्ती चेतना फैलाउन सकेको दौडिने या हिँडेर निश्चित दुरी पार गरेर पनि स्वास्थ्य लाभ लिन सकिने र अरुलाई पनि प्रेरणा दिन सकिने भएकोले जो सुकैले सहभागी हुन सक्ने आयोजकले बताएका छन् ।
नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत नेपाली समुदाय, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रबर्धनमा पनि सहयोग मिल्ने नेपाल रनका संयोजक सन्तोष राईले जनाएका छन् ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी