लण्डन । बेलायतको एक आप्रवासी प्रशोधन केन्द्रमा गत हप्ता भएको बम विस्फोट ‘आतङ्कवादी सोचबाट प्रेरित’ भएको आतङ्कवाद विरोधी प्रहरीले शनिबार जनाएको छ ।
“काउन्टर टेररिज्म पुलिसिंग साउथ ईस्ट (सीटीपीएसई) ले गत आइतबार (३० अक्टोबर २०२२) मा डोभरको एक अध्यागमन केन्द्रमा भएको आक्रमण आतङ्कवादी विचारधाराबाट प्रेरित भएको प्रमाणहरू फेला परेको छ,” सङ्गठनले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
उपकरणहरूसहित बरामद गरिएका प्रमाणहरूले ‘आक्रमणको पछाडि चरम दक्षिणपन्थी प्रेरणा थियो’ भन्ने सङ्केत गर्दछ ।
सीटीपीएसईका वरिष्ठ राष्ट्रिय संयोजक टिम ज्याक्सले भन्नुभयो, “मानसिक स्वास्थ्य सम्भवतः एक कारक हो भन्ने बलियो सङ्केतहरू छन् । तर संदिग्धको कार्यहरू मुख्यतया अतिवादी विचारधाराबाट प्रेरित थिए भन्न सकिन्छ ।” यसले ‘आतङ्कवादी घटनाका लागि थ्रेसहोल्ड’ पूरा गरेको उहाँले बताउनुभयो ।
डोभरस्थित वेस्टर्न जेट फोइल बोर्डर फोर्स सेन्टरमा घरेलु हतियार फ्याँकिँदा दुई जना कर्मचारी सामान्य घाइते भएका थिए ।
दक्षिणपूर्वी इङ्ग्ल्याण्डको व्यस्त बन्दरगाह शहरमा रहेको आवतजावतको सुविधाले उत्तरी युरोपबाट साना डुङ्गाहरूमा च्यानल पार गरेका आप्रवासीहरूलाई अघि बढ्न सहयोग गर्ने गर्दछ । उक्त आक्रमण ६६ वर्षीय एक व्यक्तिले गरेका र उनी पछि मृत अवस्थामा भेटिएका थिए ।
विज्ञप्तिमा भनिएको छ, “अपराधीले अरु कोहीसँग मिलेर काम गरिरहेको भन्ने कुरा अहिले केही पनि छैन र नागरिकका लागि कुनै ठूलो खतरा देखिँदैन ।”
बेलायती सरकारले अहिले उत्तरी युरोपबाट साना डुङ्गामा च्यानल पार गर्ने उच्च सख्याका आप्रवासीहरूको सामना कसरी गर्ने भनेर छलफल चलाइरहेको छ ।
सन् २०१९ को सुरुदेखि अहिलेसम्म कूल ३८ हजार मानिसले जोखिमपूर्ण यात्रा गरेको सरकारको गृह मामिला चयन समितिलाई अक्टोबर २६ मा जानकारी गराइएको थियो ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य