लण्डन । बेलायतको एक आप्रवासी प्रशोधन केन्द्रमा गत हप्ता भएको बम विस्फोट ‘आतङ्कवादी सोचबाट प्रेरित’ भएको आतङ्कवाद विरोधी प्रहरीले शनिबार जनाएको छ ।
“काउन्टर टेररिज्म पुलिसिंग साउथ ईस्ट (सीटीपीएसई) ले गत आइतबार (३० अक्टोबर २०२२) मा डोभरको एक अध्यागमन केन्द्रमा भएको आक्रमण आतङ्कवादी विचारधाराबाट प्रेरित भएको प्रमाणहरू फेला परेको छ,” सङ्गठनले एक विज्ञप्ति जारी गरी जनाएको छ ।
उपकरणहरूसहित बरामद गरिएका प्रमाणहरूले ‘आक्रमणको पछाडि चरम दक्षिणपन्थी प्रेरणा थियो’ भन्ने सङ्केत गर्दछ ।
सीटीपीएसईका वरिष्ठ राष्ट्रिय संयोजक टिम ज्याक्सले भन्नुभयो, “मानसिक स्वास्थ्य सम्भवतः एक कारक हो भन्ने बलियो सङ्केतहरू छन् । तर संदिग्धको कार्यहरू मुख्यतया अतिवादी विचारधाराबाट प्रेरित थिए भन्न सकिन्छ ।” यसले ‘आतङ्कवादी घटनाका लागि थ्रेसहोल्ड’ पूरा गरेको उहाँले बताउनुभयो ।
डोभरस्थित वेस्टर्न जेट फोइल बोर्डर फोर्स सेन्टरमा घरेलु हतियार फ्याँकिँदा दुई जना कर्मचारी सामान्य घाइते भएका थिए ।
दक्षिणपूर्वी इङ्ग्ल्याण्डको व्यस्त बन्दरगाह शहरमा रहेको आवतजावतको सुविधाले उत्तरी युरोपबाट साना डुङ्गाहरूमा च्यानल पार गरेका आप्रवासीहरूलाई अघि बढ्न सहयोग गर्ने गर्दछ । उक्त आक्रमण ६६ वर्षीय एक व्यक्तिले गरेका र उनी पछि मृत अवस्थामा भेटिएका थिए ।
विज्ञप्तिमा भनिएको छ, “अपराधीले अरु कोहीसँग मिलेर काम गरिरहेको भन्ने कुरा अहिले केही पनि छैन र नागरिकका लागि कुनै ठूलो खतरा देखिँदैन ।”
बेलायती सरकारले अहिले उत्तरी युरोपबाट साना डुङ्गामा च्यानल पार गर्ने उच्च सख्याका आप्रवासीहरूको सामना कसरी गर्ने भनेर छलफल चलाइरहेको छ ।
सन् २०१९ को सुरुदेखि अहिलेसम्म कूल ३८ हजार मानिसले जोखिमपूर्ण यात्रा गरेको सरकारको गृह मामिला चयन समितिलाई अक्टोबर २६ मा जानकारी गराइएको थियो ।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?