
लन्डन । बेलायतमा तेश्रो मिसेस नेपाल युनिभर्स प्रतियोगिताको तयारी सुरु भएको छ ।
लन्डन फेसन हाउसको आयोजनामा प्रत्येक वर्ष आयोजना गर्दै आएको विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिताको आउँदो ४ डिसेम्बरमा अल्डरसटस्थित एम्पायर हलमा हुँदैछ । कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता यसपटक गर्ने भइरहेको आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जानकारी दिइन् ।
मिसेस नेपाल युनिभर्स वीनरले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउन सक्ने डंगोलले बताइन् । उनका अनुसार यही आइतबारदेखि प्रतियोगीहरुको प्रशिक्षणसहित अन्य प्रक्रिया अगाडि बढ्नेछ । प्रतियोगितामा जुनै देशका नेपाली महिलाले भाग लिन सक्ने आयोजकले जनाएको छ ।
विवाहित महिलाहरुको वाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि प्रतियोगिता अझ व्यापक र विस्तारित रुपमा गर्न लागिएको जनाउँदै मनिषाले महिला सशक्तिकरणमा जोड दिने बताइन् ।
व्यवसायिक, निष्पक्ष र आकर्षक ढंगमा प्रतियोगिता गर्न लन्डन फेसन हाउस जुटिरहेको छ । प्रतियोगितामा भाग लिन इच्छुक विवाहित महिलालाई सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन् । विभिन्न टाइटिल रहने उक्त प्रतियोगिता निष्पक्ष बनाउन निर्णायकमा विभिन्न क्षेत्रका विज्ञहरु राखिने भएको छ ।
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण