
कास्की । क्रिकेटको पुरानो क्लब बेलायतको मेरीलिवोन क्रिकेट क्लब (एमसिसी)को महिला टोली अहिले नेपालमा छ । नेपाली महिला टोलीसँग क्रिकेट खेल्न सो टोली नेपाल आएको हो ।
यही कात्तिक ५ गतेदेखि नेपाल भ्रमणमा रहेको एमसिसीको टोलीले छ मैत्रीपूर्ण खेल खेल्यो । उसले दुई खेल जितेर चारवटा हार्यो । आइसिसीको यु–१९ र मिक्स ११ टोलीलाई हराएको एमसिसीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) सँगको सबै खेल भने हार्यो ।
खेलमा हारजितभन्दा पनि अनुभव आदान–प्रदान उदाहरणीय बनेको नेपाली टोलीकी कप्तात रुबिना क्षेत्रीले बताउनुभयो । “खेल जिते पनि हामीले राम्रो खेल्न सकेनौँ, हामीलाई ४० ओभरको क्रिकेट खेल्ने बानी छैन”, उहाँले भन्नुभयो, “क्रिकेटको पुरानो क्लबसँग खेल्नु ठूलो कुरा हो, उहाँहरूबाट धेरै सिकियो ।”
एमसिसीको टूर नेपाल आउनु आफूहरूका लागि सिक्ने अवसर भएको प्रशिक्षक जगत् टमाटाले बताउनुभयो । “एमसिसीले एकदमै राम्रो टोली लिएर आएको थियो, उहाँहरूसँग खेल्दा खेलाडीमा आत्मविश्वास बढेको छ”, उहाँले भन्नुभयो, “सबै खेल जित्यौँ, हाम्रा लागि राम्रो रह्यो ।” टोलीसँग खेलेर ४० ओभर खेल कसरी खेल्ने, आफूलाई मानसिकरूपमा कसरी तयार गर्ने र फिटनेसमा के कति ध्यान दिनुपर्ने रहेछजस्ता विषयमा ज्ञान बढेको टमाटाको भनाइ छ ।
विश्वकप खेलिसक्नुभएका खेलाडीसँग खेल्न पाउँदा नेपाली खेलाडीले क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएको नेपाल क्रिकेट सङ्घ कास्कीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताउनुभयो । “एमसिसीमा इङ्ग्याण्डबाट विश्वकप खेलिसकेका खेलाडी थिए । हाम्रा खेलाडीले इङ्ग्याण्डका खेलाडीबाट अनुभव लिन पाए”, उहाँले भन्नुभयो, “अनुभवी खेलाडीसँग खेलेर जितेपछि हाम्रा चेलीहरूमा आत्मविश्वास बढेको छ ।” यो प्रतियोगिताले नेपाली खेलाडीको कमजोरी पनि देखाएको छ, जसलाई सुधार गरेर जाने अवसर मिलेको उहाँ बताउनुहुन्छ ।
पोखरामा माछापुच्छ्रे र अन्नपूर्ण हिमाल हेर्दै खेल्न पाउँदा निकै खुसी लागेको एमसिसीका व्यवस्थापक क्लेरी टेलरले बताउनुभयो । नेपाली टोली पनि राम्रो भएकाले खेल निकै प्रतिस्पर्धात्मक बनेको उहाँको प्रतिक्रिया थियो । क्रिकेटको जननी बेलायतको मेरीलिवोन क्रिकेट क्लबले दुई सय ३५ वर्षको इतिहास बोकेको छ । यो क्रिकेट क्लब सन् १७८७ मा स्थापना भएको हो ।
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी