
काठमाडौँ । गायक तथा संगीतकार आरके गुरुङको लय र स्वर रहेको ‘बस है माया’ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
म्युजिक भिडियो अक्टोबर २८ शुक्रबारका दिन आरके गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । नेपालीहरुको महान पर्व तिहारको बिदाइसँगै सुमधुर स्वरका धनी गायक गायिकाहरु रामकुमार गुरुङ, मनोज केसी, जुना श्रीसमगर र स्मृति शाहीले आफ्नो दर्शक स्रोताहरुका लागि मिठो कोशेली सालैजो गीत प्रस्तुत गरेका हुन् ।
विशेषगरी धौलागिरी र गण्डकी क्षेत्रमा धेरै गाइने, नाच्ने र सुन्ने गरेको यो सालैजो भाकाहरु हिजोआज सबै भेगका नेपालीहरुले सुनेर मनोरञ्जन लिने गरेको भेटिन्छ । लेखक मनोज केसीले निक्कै मन छुने मौलिक शब्दहरुले यो सालैजो भाकामा शब्द साथै स्वर दिएका छन् । साथमा गायिका जुना श्रीसमगर र स्मृति शाहीले यस भाकामा आफ्नो स्वर दिएका छन् । यस गीतमा नृत्य निर्देशक दीपेन्द्र तिमल्सिनाले निक्कै स्फूर्त नाचको निर्देशन गरेका छन् ।
गीतमा नेपालकै चर्चित डान्सर शेखर घर्तीमगर, चाहना रानामगर, लक्ष्मी गुरुङ र साथमा दीपक केसीको जोशिलो र फूर्तिलो नाच रहेको छ । साधारणतया नेपालीहरु चाडबाड मनाउन आफ्नो गाउँघर आएर फेरी परदेशिनु पर्दाको विषयलाई लिएर गीत तयार पारिएको कुरा गायक तथा संगीतकार आरके गुरुङ र लेखक तथा गायक मनोज केसीले बताए ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम