
लण्डन । साउथ इष्ट लन्डनको एशिएन कम्युनिटी सेन्टरमा अक्टोबर २३ तारिख दशैं-तिहार शुभकामना साँझ सम्पन्न भयो ।
साउथ इष्ट लन्डनस्थित नेपालीहरुको प्रतिनिधिमूलक संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) ले आयोजना गरेको सो कार्यक्रममा स्थानीय नेपाली समुदायमा योगदान गर्नेहरुलाई विभिन्न तीन विधाको अवार्डसमेत प्रदान गरिएको थियो ।
जसमा साउथ इष्ट लण्डन तमुधीँ ईकाईले कम्युनिटी इन्टिग्रेसन अवार्ड पायो भने कल्चरल अवार्डमा नेपाली समुदायमा नेपाली संस्कृति, भाषा, कलाको प्रवर्धनमा योगदान दिने साउथ इष्ट लण्डन पासा पुच गुठीले पायो। यस्तै, भोलेन्टियर सर्भिस अवार्ड अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले पाए।
सोसाइटका प्रवक्ता सुरेन रुपाखेतीका अनुसार अवार्ड विजेता चयनका लागि समाजका विभिन्न क्षेत्रमा अनुभवी र विज्ञहरुको सहभागितामा पाँच सदस्यीय निर्णायकमन्डल बनाइएको थियो।
अवार्डहरु आरजीएनएस अध्यक्ष तथा काउन्सिलर जीत रानाभाट, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ग्रीनवीच बरो मेयर लियो फ्लेचर, स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर एनथोनी ओकोरेकेले अवार्ड वितरण गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेका साथै नेपाल आइडल-४ विजेता भूपेन्द्र थापा र गायक प्रकाश कटुवालको विशेष प्रस्तुति थियो । स्थानीय कलाकारहरु साथमा दीपक गौतम, सुनिता गौतम, प्रसुना कंडेल सहितका स्थानीय कलाकाहरुले रौनक बढाएका थिए।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ग्रीनवीच बरो मेयर लियो फ्लेचर, स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर, काउन्सिलरहरु, एनआरएनए आईसिसी उपमहासचिव रामशरण सिम्खडा, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्कासहित बेलायतका विभिन्न नेपाली संस्था र समुदायका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी थिए ।
कोभिड -१९ को चपेटापछि स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गरिएको उपाध्यक्ष पुण्य रेग्मीले बताए ।
काउन्सिलर जीत रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव मञ्जु भन्डारीले गरेकी थिइन्। त्यस्तैगरी सांस्कृतिक तथा दोश्रो चरणको कार्यक्रम प्रस्तोताहरु सुनिता गौतम र दीपक थापाले प्रस्तुर गरे ।
कार्यक्रम संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङ, आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ र राजन खकुराल तथा कोषाध्यक्ष रुद्र गौतमले गरेका थिए भने अतिथि सत्कारको जिम्मेवारी आरजीएनएस उपाध्यक्षद्वय पुण्य रेग्मी, लीलादेवी गुरुङ तथा अङ्किता ढकालले सम्हालेका थिए ।

पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
सन् २०२५ मा बेलायतमा शरण खोज्नेको सङ्ख्या घट्यो
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
हिटलरको घर अब प्रहरी चौकी
नेपालीद्वारा स्थापित बेलायती स्टार्टअप ‘टेडुनेट’ विश्वकै ठूलो प्रविधि सम्मेलन वेब समिट कतारमा
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
नेपाल पर्यटन बोर्डसँगको समन्वयमा क्यानडामा ‘नेपाल इभिनिङ’ कार्यक्रम