
लण्डन । साउथ इष्ट लन्डनको एशिएन कम्युनिटी सेन्टरमा अक्टोबर २३ तारिख दशैं-तिहार शुभकामना साँझ सम्पन्न भयो ।
साउथ इष्ट लन्डनस्थित नेपालीहरुको प्रतिनिधिमूलक संस्था ‘रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी’ (आरजीएनएस) ले आयोजना गरेको सो कार्यक्रममा स्थानीय नेपाली समुदायमा योगदान गर्नेहरुलाई विभिन्न तीन विधाको अवार्डसमेत प्रदान गरिएको थियो ।
जसमा साउथ इष्ट लण्डन तमुधीँ ईकाईले कम्युनिटी इन्टिग्रेसन अवार्ड पायो भने कल्चरल अवार्डमा नेपाली समुदायमा नेपाली संस्कृति, भाषा, कलाको प्रवर्धनमा योगदान दिने साउथ इष्ट लण्डन पासा पुच गुठीले पायो। यस्तै, भोलेन्टियर सर्भिस अवार्ड अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुरालले पाए।
सोसाइटका प्रवक्ता सुरेन रुपाखेतीका अनुसार अवार्ड विजेता चयनका लागि समाजका विभिन्न क्षेत्रमा अनुभवी र विज्ञहरुको सहभागितामा पाँच सदस्यीय निर्णायकमन्डल बनाइएको थियो।
अवार्डहरु आरजीएनएस अध्यक्ष तथा काउन्सिलर जीत रानाभाट, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ग्रीनवीच बरो मेयर लियो फ्लेचर, स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर एनथोनी ओकोरेकेले अवार्ड वितरण गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका हास्यकलाकारद्वय राजु मास्टर र बल्छी ध्रुवेका साथै नेपाल आइडल-४ विजेता भूपेन्द्र थापा र गायक प्रकाश कटुवालको विशेष प्रस्तुति थियो । स्थानीय कलाकारहरु साथमा दीपक गौतम, सुनिता गौतम, प्रसुना कंडेल सहितका स्थानीय कलाकाहरुले रौनक बढाएका थिए।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, ग्रीनवीच बरो मेयर लियो फ्लेचर, स्थानीय ग्रीनवीच बरोका काउन्सिल लिडर, काउन्सिलरहरु, एनआरएनए आईसिसी उपमहासचिव रामशरण सिम्खडा, एनआरएनए युकेका अध्यक्ष सुनिलबाबु खड्कासहित बेलायतका विभिन्न नेपाली संस्था र समुदायका प्रतिनिधिहरु अतिथिका रुपमा सहभागी थिए ।
कोभिड -१९ को चपेटापछि स्थानीय नेपालीहरुबीच सुखद जमघटको अवसर सिर्जना गरिएको उपाध्यक्ष पुण्य रेग्मीले बताए ।
काउन्सिलर जीत रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव मञ्जु भन्डारीले गरेकी थिइन्। त्यस्तैगरी सांस्कृतिक तथा दोश्रो चरणको कार्यक्रम प्रस्तोताहरु सुनिता गौतम र दीपक थापाले प्रस्तुर गरे ।
कार्यक्रम संयोजन सल्लाहकार एलएन पाण्डे र तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङ, आर्थिक संयोजन आरजीएनएस सल्लाहकारद्वय मोहन गुरुङ र राजन खकुराल तथा कोषाध्यक्ष रुद्र गौतमले गरेका थिए भने अतिथि सत्कारको जिम्मेवारी आरजीएनएस उपाध्यक्षद्वय पुण्य रेग्मी, लीलादेवी गुरुङ तथा अङ्किता ढकालले सम्हालेका थिए ।

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण