लण्डन । गुरुङ लामा बौद्ध एशोसिएसन नेपालका अध्यक्ष खेन्पो शीर लामा गुरुङले अल्डरसटस्थित बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको गुम्बामा ञ्युङ्ने व्रतबारे धार्मिक प्रवचन दिनुहुने भएको छ ।
बीसीसी युकेको विशेष अनुरोधमा हाल बेलायत भ्रमणमा रहेका खेन्पो शीर लामाले आउँदो आइतबार २३ अक्टोबरका दिन दिउँसो १ बजेबाट उक्त प्रवचन दिन लागेका हुन् । बौद्ध परम्परामा ञ्युङ्ने व्रतलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । उक्त व्रत बस्नाले कल्पौंको पाप शोधन र पुन्य संचय हुनुका साथसाथै सिंगो प्राणी जगतमा शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दिर्घायू प्राप्त हुने विश्वास गरिन्छ ।
उक्त व्रत केका लागि, कस्का लागि, किन बसिन्छ ? र, कसरी बस्नु पर्दछ भन्ने बारेमा खेन्पो शीर लामाले जानकारी गराउने छन् ।
सो अवसरमा बीसीसी युकेले खेन्पो शीर लामालाई स्वागत गर्ने कार्यक्रम तय गरिएको बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा खेन्पो शीर लामाको स्वागत तथा सम्मान गरिने छ भने सोपश्चात प्रवचन हुनेछ ।
त्यस्तै, उक्त दिन बीसीसी युकेको निमन्त्रणामा सोमबार बेलायत आएका खेन्पो टासी छिरिङ्गको औपचारिक रुपमा स्वागत गर्ने र बीसीसी युकेको निमन्त्रणामा गत जुनमा भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्ग दोर्जीको बिदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
बीसीसी युकेका टुल्कु जिग्ने सामतेन, खेन्पो टासी छिरिङ्ग र खेन्पो केल्जङ्ग दोर्जीकोसमेत विशेष उपस्थिति रहने उक्त प्रवचन, स्वागत एवं बिदाइ कार्यक्रममा सहभागी भइदिन हुनका लागि बीसीसी युकेले बीसीसी युकेका ट्रष्टिज, लाईफ मेम्बर, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुमा हार्दिक अनुरोध गरेको छ । त्यस्तै, उक्त दिन सहभागीहरुलाई निःशुल्क चियापानी, खाजा र खानाको समेत प्रवन्ध मिलाईएको बीसीसी युकेले जनाएको छ । तस्बीरः मिलन तमु
विश्व विद्युतीय सवारी बजारमा चीनको वर्चस्व बढ्दै
विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न नेपाल आदिवासी जनजाति महासंघ यूकेको माग
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण