लण्डन । बेलायतको नयाँ अर्थ मन्त्रीमा जेरेमी हन्ट नियुक्त भएका छन् ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले आजै अमेरिका भ्रमणमा रहेका तत्कालिन अर्थ मन्त्री क्वाजी क्वाटेङलाई बर्खास्त गरेकी थिइन् । रिक्त पदमा उनले तत्काल जेरेमी हन्टलाई नियुक्त गरेकी छिन् ।
हन्ट सत्तारुढ कन्जरभेटिभ पार्टीका भेटेरान सांसद हुन् । उनले यसअघि विदेश मन्त्री, स्वास्थ्य मन्त्री, सँस्कृति मन्त्री लगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघिका प्रधानमन्त्री बोरिस जोन्सनसित पार्टी नेताको चुनावमा अन्तिम दुईमा पुगेका हन्ट लिज ट्रससित पनि प्रतिस्पर्धामा थिए तर उनले अन्तिम दुईसम्म पुग्न पाएनन् ।
यस्तै चिफ सेक्रेटरी अफ ट्रेजरी क्रिस फिलिप्सलाई पनि प्रधानमन्त्री ट्रसले हटाएकी छिन् । उनको ठाउँमा एड अर्गरलाई नियुक्त गरेकी छिन् ।
हन्ट र अर्गर दुवैले सत्तारुढ दलको नेताका लागि भएको चुनावमा ऋषि सुनकलाई समर्थन गरेका थिए ।
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
नेपालमा थप चार मन्त्री नियुक्त