लण्डन । बेलायतको नयाँ अर्थ मन्त्रीमा जेरेमी हन्ट नियुक्त भएका छन् ।
बेलायती प्रधानमन्त्री लिज ट्रसले आजै अमेरिका भ्रमणमा रहेका तत्कालिन अर्थ मन्त्री क्वाजी क्वाटेङलाई बर्खास्त गरेकी थिइन् । रिक्त पदमा उनले तत्काल जेरेमी हन्टलाई नियुक्त गरेकी छिन् ।
हन्ट सत्तारुढ कन्जरभेटिभ पार्टीका भेटेरान सांसद हुन् । उनले यसअघि विदेश मन्त्री, स्वास्थ्य मन्त्री, सँस्कृति मन्त्री लगायतको जिम्मेवारी सम्हालिसकेका छन् ।
यसअघिका प्रधानमन्त्री बोरिस जोन्सनसित पार्टी नेताको चुनावमा अन्तिम दुईमा पुगेका हन्ट लिज ट्रससित पनि प्रतिस्पर्धामा थिए तर उनले अन्तिम दुईसम्म पुग्न पाएनन् ।
यस्तै चिफ सेक्रेटरी अफ ट्रेजरी क्रिस फिलिप्सलाई पनि प्रधानमन्त्री ट्रसले हटाएकी छिन् । उनको ठाउँमा एड अर्गरलाई नियुक्त गरेकी छिन् ।
हन्ट र अर्गर दुवैले सत्तारुढ दलको नेताका लागि भएको चुनावमा ऋषि सुनकलाई समर्थन गरेका थिए ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]