लण्डन ।कामदारहरूको आन्दोलनका कारण बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।
रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् ।
रेल सेवाका कर्मचारीहरूको चार ओटा सङ्गठनले महारानीको शोकका कारण केही समय आन्दोलन स्थगित गरेका थिए ।
कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलव सहितका सेवा सुविधा बृद्धि नगरिएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूले यसअघि पनि आफूहरूको पारिश्रमिक वृद्धि गर्न पटक पटक माग गर्दै आएको, तर व्यवस्थापनले वेवास्ता गरेकाले अप्रिय र कठोर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अहिलेको आन्दोलन एक दशक यताकै सबैभन्दा ठूलो रहेको र यसले धेरै क्षेत्रलाई प्रभावित पारेको बताइएको छ ।
आन्दोलनका कारण विभिन्न क्षेत्रमा असर परेकोप्रति आन्दोलनकारीहरूले भने दुःख व्यक्त गर्दै आफूहरूको बाध्यतालाई बुझिदिन आग्रह गरेका छन् ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ