सहारा यूकेद्वारा पाकिस्तानका बाढीपीडितलाई सहयोग

लन्डन । सहारा यूकेले पाकिस्तानका बाढीपीडितका लागि १ हजार पाउन्ड हस्तान्तरण गरेको छ ।
अल्डरसट टाउन फुटबल क्लबमा शुक्रबार एक कार्यक्रमबीच सहारा यूकेका अध्यक्ष ले रि कुसाङ गुरुङले अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष साहिद आजीमलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
हालै पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दुस्ख व्यक्त गर्दै अध्यक्ष गुरुङले तत्काल त्यहाँका पीडित नागरिकका लागि सहायता होस भनेर सहयोग गरिएको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, तमुधिं यूकेका कोषाध्यक्ष कमल गुरुङ, सहाराका पञ्च गुरुङ, जयन्ती गुरुङ र गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु लगायतको उपस्थिति थियो ।
सहयोग ग्रहण गर्दै क्लबका अध्यक्ष पाकिस्तानका पीडितकहाँ पुर्‍याएर सहयोगको सदुपयोग गर्ने प्रतिबद्धता जनाए । साथै उनले पीडितका लागि सहयोग गरेकोमा सहारा यूकेका अध्यक्ष गुरुङलगायत सम्पूर्ण टिमलाई धन्यवाद दिएका थिए ।
सहारा यूकेको शनिबार १७ सेप्टेम्बर २०२२ का दिन बसेको साधारणसभाका बेला पाकिस्तानमा गएको बाढीले व्यापक जनधनको क्षति भएकोमा दुस्ख व्यक्त गर्दै तत्काल त्यहाँका पीडित नागरिकका लागि १ हजार पाउन्ड सहयोग पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री