
न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी इन्क, युएसएले पहिलोपटक ३५ वर्ष माथि उमेर समूहका युवालाई लक्षित गरेर गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्ट आयोजना गरेको छ ।
न्यूयोर्कको क्वीन्स्ब्रिज पार्कमा सेप्टेम्बर २४ तारिख भएको खेलमा गुरुङ युनाइटेड कपको उपाधी म्याग्दी समाज अमेरिकाले हात पारेको छ । विजेताले १५ सय डलर नगदसहित गुरुङ युनाइटेड कप प्राप्त गरेको भने आयोजक संस्था द गुरुङ तमु सोसाइटीको टिम गुरुङ युनाइटेडले दोश्रो विजेताको स्थान हासिल गरेको छ । दोश्रो हुने गुरुङ युनाइटेडले कप सहित १ हजार डलर नगद प्राप्त गरेको छ ।
टुर्नामेन्टमा आयोजक टीमसहित ८ वटा टम सहभागी थिए । जसमा रिजउड नेपाल समाज, शेर्पा किदुग युएसए, म्याग्दी समाज अमेरिका, मगर संघ अमेरिका, किरात राई सोसायटी अफ अमेरिका, एनवाइसी क्लब तथा रेड पाण्डा थिए ।
विभिन्न चरणमा भएको प्रतियोगिताको फाइनल खेल गुरुङ युनाइटेड र म्याग्दी समाज अमेरिकाबीच भएको थियो । खेलमा सोम बुढाथोकी सर्वश्रेष्ट खेलाडी, श्री गुरुङ सर्वश्रेष्ट स्पाइकर, गोबिन्द रोका क्षेत्री सर्वश्रेष्ट डिफेन्डर र हरि प्रसाद राणा सर्वश्रेष्ट रेजर भएका छन् । समाजले गएको वर्ष पनि हर्क गुरुङ भलिबल कप आयोजना गरेको थियो ।
द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले स्वास्थ्य नै जीवन हो र स्वस्थ जीवनका लागि खेल महत्वपूर्ण भएकोले खेलको माध्यमबाट युवाहरुलाई स्वस्थ रहनुपर्छ तर त्यसको लागि नियमित रुपमा अभ्यास गर्नु आवश्यक छ भन्ने सन्देश दिनका लागि गुरुङ युनाइटेड कपको आयोजना गरेको बताए ।
त्यस्तै गुरुङ युनाइटेड कपका संयोजक तथा द गुरुङ तमु सोसाइटीका खेल व्यवस्थापक तथा अञ्जित गुरुङले यस्ता प्रतियोगिताका माध्यमबाट विभिन्न समुदायका युवाहरुबीच आपसी सद्भाव र भाइचारा कायम गर्न यस्ता प्रतियोगिता गरिएको जानकारी दिए । सोसाइटीका सचिव अलिशा गुरुङले कार्यक्रम सफल बनाउनका लागि सल्लाहकार, आजीवन सदस्यहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, समाजका सदस्यहरु लगायत विभिन्न व्यापारिक संस्थाले आर्थिक तथा भौतिक सहयोग गरेको जानकरी दिदैं सबैलाई धन्यवाद दिए ।
यसैगरी गुरुङ चेलीबेटी आमा समूहका दिदी बहिनीहरूले खेलाडीहरुका लागि खानाको व्यवस्थापन गरेको उल्लेख गर्दै चेलीबेटी आमा समूहलाई सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा कलाकारहरु रूथमान गुरुङ र एन्सार्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले कार्यक्रम संयोजक, खेलाडी तथा सहभागी टिमका सम्पूर्ण खेलाडीहरु लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।
आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल अमेरिकासँग ४ विकेटले पराजित
गैरआवासीय नेपाली लगानीकर्तालाई समेट्नुपर्नेमा एडीपीको जोड
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ