
लण्डन । बेलायत सरकारले स्वास्थ्य तथा सामाजिक स्याहारका लागि लगाएको अतिरिक्त न्याशनल इन्सुरेन्स नोभेम्बर ६ देखि हटाउने भएको छ ।
कोभिडका कारण बेलायतको स्वास्थ्य क्षेत्र ठूलो दबाबमा परेको थियो । बेलायतको न्याशनल हेल्थ सर्भिस (एनएचएस) का लागि अतिरिक्त बजेटको ब्यवस्था गर्नु परेको थियो ।
तत्कालिन अर्थमन्त्री ऋषि सुनकले अप्रिल २०२२ देखि १.२५ प्रतिशत अतिरिक्त लेभी लगाउन निर्णय गरेका थिए । तर कन्जरभेटिभ पार्टीको नयाँ नेताका लागि भएको चुनावमा सुनककी प्रतिस्पर्धी रहेकी हालकी प्रधानमन्त्री लिज ट्रसले सो लेभी हटाउने घोषणा गरेकी थिइन् ।
बेलायतका नयाँ अर्थ मन्त्री क्वासी क्वाटेङले नोभेम्बर ६ देखि सो लेभी हटाउने जानकारी दिएका हुन् ।
सरकारको नयाँ निर्णयबाट करिब २ करोड ८० लाख मानिसहरु लाभान्वीत हुने बताइएको छ । यस्तै करिब ९ लाख २० हजार व्यापारिक प्रतिष्ठानले पनि लाभ पाउने छन्।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक