
लण्डन । बेलायत सरकारले स्वास्थ्य तथा सामाजिक स्याहारका लागि लगाएको अतिरिक्त न्याशनल इन्सुरेन्स नोभेम्बर ६ देखि हटाउने भएको छ ।
कोभिडका कारण बेलायतको स्वास्थ्य क्षेत्र ठूलो दबाबमा परेको थियो । बेलायतको न्याशनल हेल्थ सर्भिस (एनएचएस) का लागि अतिरिक्त बजेटको ब्यवस्था गर्नु परेको थियो ।
तत्कालिन अर्थमन्त्री ऋषि सुनकले अप्रिल २०२२ देखि १.२५ प्रतिशत अतिरिक्त लेभी लगाउन निर्णय गरेका थिए । तर कन्जरभेटिभ पार्टीको नयाँ नेताका लागि भएको चुनावमा सुनककी प्रतिस्पर्धी रहेकी हालकी प्रधानमन्त्री लिज ट्रसले सो लेभी हटाउने घोषणा गरेकी थिइन् ।
बेलायतका नयाँ अर्थ मन्त्री क्वासी क्वाटेङले नोभेम्बर ६ देखि सो लेभी हटाउने जानकारी दिएका हुन् ।
सरकारको नयाँ निर्णयबाट करिब २ करोड ८० लाख मानिसहरु लाभान्वीत हुने बताइएको छ । यस्तै करिब ९ लाख २० हजार व्यापारिक प्रतिष्ठानले पनि लाभ पाउने छन्।
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
अब नेपालको राजनीतिजस्तै एनआरएनलाई पनि फरक किसिमले अगाडि बढाउनुपर्छ : अध्यक्ष डा हेमराज शर्मा [अन्तर्वार्ता]
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
मध्यपूर्व तनाव चर्कियो
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?