
नयाँदिल्ली । हाँस्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स)मा उपचार गराइरहेका उनको निधन भएको हो । कसरत गर्दा उनलाई हृदयाघात भएको थियो ।
उत्तर प्रदेशको कानपुरमा एक मध्यमवर्गीय परिवारमा जन्मेका उनी प्रारम्भिक शिक्षा पूरा गरेपछि चलचित्र उत्पादनको केन्द्र मुम्बईमा आफ्नो प्रतिभा प्रस्तुत गर्न पुगेका थिए । बाल्यकालदेखि नै उनमा हास्यव्यङ्ग्यको अद्भूत चेत थियो । उनी त्यसैबेलादेखि हास्य कलाकार बन्न चाहन्थे । प्रारम्भमा सानो चरित्रका साथ चलचित्र जगत्मा प्रवेश गरेका उनले ‘तेजाब, मैने प्यार किया, बाजिगर, आमदानी अठन्नी खर्च रूपैया, मै प्रेम दिवानी हुँ, बिग ब्रदर, बम्बै टु गोआ’ लगायत धेरै चलचित्रमा अभिनय गरेका थिए ।
यसैबीच, बलिउड कलाकारहरूले राजु श्रीवास्तवको निधनको खबरले आफूहरू मर्माहत भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ऋतिक रोशन, अजय देवगण, रविना टण्डन, राजपाल यादवलगायत कलाकारले मनोरञ्जनको क्षेत्रमा उनले गरेको योगदान आफूहरूले कहिल्यै नबिर्सने बताएका छन् ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान