
लण्डन । नेपालमा संविधान दिवसका अवसरमा बेलायतमा बसोबासरत ६ नेपालीहरुले विभिन्न विभूषण पाएका छन् ।
जसमा बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक उनी संयुक्त राष्ट्रसंघको कम्बोडियाका लागि विशेष दुत समेत रहिसकेका छन् ।
यस्तै गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवा श्री प्रदान गरिएको छ । उनको बेलायतमा होली काउ नामक रेष्टुराँ तथा टेकवे सन्चालनमा छ भने नेपालमा पनि विभिन्न व्यवसायमा लगानी रहेको छ ।
यस्तै बेलायतमा रहेका अर्का व्यवसायी पशुपति भण्डारीले प्रबल जनसेवाश्री पाएका छन् । उनको बेलायतमा एभरेष्ट इन नाम गरेको रेष्टुराँ सन्चालनमा छ । उनको पनि नेपालमा थुप्रै व्यवसाय छ ।
बेलायतस्थित नेपाली दुताबासको उपनियोग प्रमुख श्रीमती रोशन खनाललाई पनि प्रबल जनसेवा श्री प्रदान गरिएको छ । उहाँ परराष्ट्र मन्त्रालयको उपसचिव हुनुहुन्छ ।
यसैगरी बेलायतमा बसोबास गर्दै आउनुभएकी पौडी खेलाडी गौरिका सिंहलाई पनि राष्ट्रदीप पदवी दिइएको छ । उनले ओलम्पिकमा नेपालको झण्डा बोक्नुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाइसक्नुभएको छ ।
बेलायतमा बसोबासरत समाजसेवी लक्ष्मी राई (लारा) लाई पनि समाजसेवा रत्न सम्मान दिइएको छ । जुनकिरी इनिसियटिभ लगायत विभिन्न संस्थाबाट नेपालमा समाजसेवा गर्दै आउनुभएकी लारा साहित्यकारका साथै बुद्ध फाउण्डेसन युकेको महासचिव पनि हुनुहुन्छ ।
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, गीलु रातोसलाई ‘पहिचान युवा सम्मान