
लण्डन । नेपालमा संविधान दिवसका अवसरमा बेलायतमा बसोबासरत ६ नेपालीहरुले विभिन्न विभूषण पाएका छन् ।
जसमा बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक उनी संयुक्त राष्ट्रसंघको कम्बोडियाका लागि विशेष दुत समेत रहिसकेका छन् ।
यस्तै गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यलाई सुप्रबल जनसेवा श्री प्रदान गरिएको छ । उनको बेलायतमा होली काउ नामक रेष्टुराँ तथा टेकवे सन्चालनमा छ भने नेपालमा पनि विभिन्न व्यवसायमा लगानी रहेको छ ।
यस्तै बेलायतमा रहेका अर्का व्यवसायी पशुपति भण्डारीले प्रबल जनसेवाश्री पाएका छन् । उनको बेलायतमा एभरेष्ट इन नाम गरेको रेष्टुराँ सन्चालनमा छ । उनको पनि नेपालमा थुप्रै व्यवसाय छ ।
बेलायतस्थित नेपाली दुताबासको उपनियोग प्रमुख श्रीमती रोशन खनाललाई पनि प्रबल जनसेवा श्री प्रदान गरिएको छ । उहाँ परराष्ट्र मन्त्रालयको उपसचिव हुनुहुन्छ ।
यसैगरी बेलायतमा बसोबास गर्दै आउनुभएकी पौडी खेलाडी गौरिका सिंहलाई पनि राष्ट्रदीप पदवी दिइएको छ । उनले ओलम्पिकमा नेपालको झण्डा बोक्नुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाइसक्नुभएको छ ।
बेलायतमा बसोबासरत समाजसेवी लक्ष्मी राई (लारा) लाई पनि समाजसेवा रत्न सम्मान दिइएको छ । जुनकिरी इनिसियटिभ लगायत विभिन्न संस्थाबाट नेपालमा समाजसेवा गर्दै आउनुभएकी लारा साहित्यकारका साथै बुद्ध फाउण्डेसन युकेको महासचिव पनि हुनुहुन्छ ।
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेको नयाँ कीर्तिमान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन