
लण्डन । बेलायती महारानी एलिजावेथ द्वितियप्रति श्रद्धान्जलि व्यक्त गर्न आजदेखि उहाँको शवमा सर्वसाधारणको पहुँच खुला गरिँदै छ ।
उहाँको शवलाई मंगलबार स्कटल्याण्डबाट बकिङ्घम पालेस ल्याइएको छ । बुधबार दिउँसो २: २२ मा उहाँको शवलाई बकिङघम पालेसबाट वेस्ट मिन्स्टर हलमा लगिने छ । त्यसपछि सर्वसाधारणहरुलाई उहाँप्रति श्रद्धान्जलि व्यक्त गर्न खुला गरिने छ ।
सर्वसाधारणहरुलाई चार दिनसम्म श्रद्धान्जलि व्यक्त गर्न दिइने छ । त्यसपछि सेप्टेम्बर १९ मा उहाँको अन्त्येष्ठी गरिने छ ।
महारानीको अन्तिम सँस्कारमा सहभागी हुनका लागि विश्वका प्राय सबै देशका राष्ट्रप्रमुखहरुलाई निमन्त्रणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन लण्डन आउने निश्चित भइसकेको छ । यसैगरी विश्वका अन्य नेताहरु, राजपरिवारहरु पनि आउने तय भइसकेको छ ।
सेप्टेम्बर ८ मा बालमोरालस्थित निवासमा महारानीको निधन भएको थियो । उहाँको शवलाई स्कटल्याण्डको एडिनबरामा रहेको निवास तथा सेन्ट जाइल्स क्यासलमा राखिएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]