
लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको निमन्त्रणामा बेलायत आएका अन्तर्राष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशन (आईबीसी) का महासचिव डा. धम्मापीया स्वदेश फर्केका छन् । उनी गत शुक्रबार ९ सेप्टेम्बरका दिन हिथ्रो एयरपोर्टबाट आफ्नो घर भारतको त्रिपुरा फर्केका हुन् ।
बीसीसी युकेले गत ४ सेप्टेम्बरका दिन आयोजना गरेको च्यारिटी डिनर नाईटको प्रमुख आतिथ्य ग्रहण गर्न लण्डन आएका डा. धम्मापीयालाई बीसीसी युकेले गत बिहीबार ८ सेप्टेम्बरका दिन अल्डरसटस्थित गुम्बामा एक औपचारिक कार्यक्रमको आयोजना गरी बिदाई गरेको हो । पहिलो चरणमा स्वागत र दोस्रो चरणमा बिदाई गरेको हो ।
बीसीसी युके अध्यक्ष धर्म तामाङ्गको अध्यक्षता र उपाध्यक्ष हर्क गुरुङको संयोजन एवं संचालनमा सम्पन्न उक्त कार्यक्रममा श्रेद्धय डा. धम्मापीयाले समथा ध्यान (मेडिटेशन) गराउँदै बुद्ध धर्मबारे प्रवचन दिएका थिए । त्यस्तै, उनलाई बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा समूहकी उपाध्यक्ष जगना गुरुङले मायाको चिनो संगसंगै खादा लगाई बिदाई गरे । सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले बीसीसी युकेको निमन्त्रणालाई स्वीकार गरी कार्यक्रममा सहभागी भएकोमा धन्यवाद ज्ञापन गरे । त्यस्तै, बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पाले गुम्बाको स्थापना, गुम्बाले गर्दै आएको विभिन्न कर्मकाण्ड, बौद्ध शिक्षा, योगा, मेडिटेशनलगायतका च्यारिटीमूलक कार्यहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायणप्रसाद गुरुङ बिईएम, निवर्तमान अध्यक्ष नरेश गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, सल्लाहकार मेजर डमर घले एमबीई, जंगबहादुर गुरुङ, ट्रष्टी मेम्बर्स मेजर कुलबहादुर थापालगायत कार्यसमिति, आमाहरु, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।
बेलायतको विभिन्न स्थानमा धार्मिक कार्यक्रमहरुमा समेत सहभागी डा. धम्मापीयालाई पुर्याउन बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ र धर्मगुरु लोपेन नोर्बु हिथ्रो एयरपोर्ट पुगेका थिए ।

अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]