लण्डन । चार्ल्स तृतीय बेलायतको नयाँ राजा घोषित भएका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीयको विहीबार ९६ वर्षको उमेरमा स्कटल्याण्डमा निधन भए लगत्तै उनका ज्येष्ठ सुपुत्र ७३ वर्षीय राजकुमार चार्ल्स राजा बनेका थिए । उनलाई शनिबार बसेको एक्सेसन काउन्सिलको बैठकले औपचारिक रुपमा बेलायतको राजा घोषणा गरेको हो ।
शनिबार बिहान सेन्ट जेम्स दरबारमा दुई चरणमा आयोजित काउन्सिलको बैठकबाट औपचारिक रुपमा राजा घोषणा गरिएको छ । त्यहाँ आयोजित कार्यक्रममा नयाँ राजा चार्ल्स तृतीयले सपथ समेत गर्नुभएको छ भने एक्सेसन काउन्सिलका अध्यक्ष पेन्नी मोर्डन्टले नयाँ राजाको नियुक्तिसँगै संशोधन गर्नुपर्ने आवश्यक प्रावधानहरुको घोषणा गरेकी थिइन् भने नयाँ घोषणामा राजा चार्ल्स तृतीयले हस्ताक्षर गरी औपचारिकता प्रदान गरेका थिए ।
सो बैठकमा राजकुमार विलियम र क्वीन कन्सोर्ट कमिला साथै प्रधानमन्त्री लिज ट्रस, पूर्व प्रधानमन्त्रीहरु जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेभिड क्यामरोन, टेरेजा मे, बोरिस जोन्सन लगायत काउन्सिलका सदस्यहरुको उपस्थिति रहेको थियो ।
नयाँ राजा घोषणा भएको अवसरमा अहिले लण्डनको हाइड पार्क, टावर अफ लण्डन लगायतका क्षेत्रमा तोप पड्काइ बढाइ गरिँदै छ ।
बेलायतको इतिहासमा पहिलोपटक नयाँ राजा घोषणाको सबै प्रक्रियाहरु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ